नेभिगेशन
सबै कुरा

तनावग्रस्त हुने देखिएपछि धरानमा हर्क साम्पाङले बोलाए दलहरुलाई वार्तामा

काठमाडाैँ । खानेपानीको महसुल विवादमा स्थिति तनावग्रस्त हुने भएपछि धरानमा मेयर हर्क साम्पाङले दलहरुलाई वार्तामा बोलाएका छन् । खानेपानीको महसुल घटाउँछु भन्दै मेयरमा जितेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले उल्टै महसुल बढाएपछि आक्रोसित भएका स्थानीय र विभिन्न राजनीतिक दलको आन्दोलन थप उग्र भएपछि उनले वार्तामा बोलाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महसुल बढाएको विषयमा स्थानीयले बिहिबार उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका थिए।बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरुले हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यालय प्रवेश गरेर तोडफोडको प्रयास गरेका थिए तर उनीहरुलाई प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र स्थानीयबिच धकेलाधकेलको स्थित सिर्जना भएको थियो । 

Marvel
Extreme Energy

अवस्था तनावग्रस्त बनेपछि यसअघिसम्म स्थानीय र विभिन्न राजनीतिक दलका नेतालाई सामाजिक सञ्जालबाट विभिन्न आरोप लगाउँदै आएका साम्पाङले अहिले भने वार्ताका लागि राजनीतिक दलहरुलाई बोलाएका छन् । 

घरानमा यसअघि भएको खानेपानी शूल्कमा अचाकली मूल्य बढाइएपछि पछिल्लो समय विभिन्न राजनीतिक दलका साथै स्थानीयहरु आन्दोलनमा छन् । खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै उनीहरूले मेयर हर्क साम्पाङको राजीनामा माग गरेका हुन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले सरोकारवालासँग समन्वय नगरी आफूखुसी शुल्क बढाएको विरोधमा धरानमा १० राजनीतिक दलको अगुवाइमा एक सातादेखि आन्दोलन भइरहेको छ ।

सोही क्रममा बिहिबार प्रदर्शनकारी उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका छन् । खानेपानी व्यवस्थापन बोर्ड र धरान उपमहानगरपालिकाले खानेपानीको महसुलमा ४ गुणासम्म वृद्धि गरेका छन् । सोही मूल्यवृद्धिको विरोधका धरानमा आन्दोलन चर्किएको छ ।

साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै चरणवद्ध आन्दोलन गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई चार मेक्सिकन नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।
रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई एउटा चुनावको नतिजा मात्र नहेरी निष्ठाको राजनीति गर्न आग्रह गरेका छन्। वडा सदस्य र वडाध्यक्ष बन्ने आकांक्षी कम...
जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र अवसरको राजनीति बढेको भन्दै नेता–कार्यकर्तालाई सचेत गराएका छन्।
लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी विधिको शासन र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताएका छन्।