नेभिगेशन
सबै कुरा

‘खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ’ : बालेन

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले खोलाको अधिकार खोलालाई नै दिनुपर्ने बताएका छन् । शुक्रबार महानगर परिसरमा रहेको टुकुचामाथिको सडकमा भ्वाङ परेपछि उनले स्टाटस लेख्दै खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका हुन् । 

महानगरले केही समय पहिले सोही जोखिम देखेर खोला खुल्ला गर्ने प्रयास गर्दा अदालती प्रक्रियाले रोकिन परेको र अदालतको आदेशपछि महानगर केन्द्रीय सरकारको सहयोगको पखाईमा रहेको बताएका छन् । ‘अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।’, उनले लेखेका छन्, ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ ।’

मेयर शाहले सरकारले खोलामाथि बनाएका संरचनाको चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिए महानगरले खोला खुल्ला गर्ने कार्य तुरून्त अगाडि बढाउने बताएका छन् । 

त्यस्तै उनले ‘मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउनपर्छ, खोलामाथि घर र बाटो होइन’, भन्दै स्टाटस लेखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...