नेभिगेशन
सबै कुरा

‘खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ’ : बालेन

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले खोलाको अधिकार खोलालाई नै दिनुपर्ने बताएका छन् । शुक्रबार महानगर परिसरमा रहेको टुकुचामाथिको सडकमा भ्वाङ परेपछि उनले स्टाटस लेख्दै खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले केही समय पहिले सोही जोखिम देखेर खोला खुल्ला गर्ने प्रयास गर्दा अदालती प्रक्रियाले रोकिन परेको र अदालतको आदेशपछि महानगर केन्द्रीय सरकारको सहयोगको पखाईमा रहेको बताएका छन् । ‘अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।’, उनले लेखेका छन्, ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ ।’

Ncell
Extreme Energy

मेयर शाहले सरकारले खोलामाथि बनाएका संरचनाको चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिए महानगरले खोला खुल्ला गर्ने कार्य तुरून्त अगाडि बढाउने बताएका छन् । 

त्यस्तै उनले ‘मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउनपर्छ, खोलामाथि घर र बाटो होइन’, भन्दै स्टाटस लेखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।