नेभिगेशन
सबै कुरा

सहकारी छानबिन समितिले गर्यो विभिन्न सहकारी सञ्चालकसँग छलफल

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग छलफल गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको बैठकले सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरुसँग छलफल गरेको हो । सो क्रममा शुक्रबार गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष र अध्यक्षसँग छलफल गरेको छ ।

त्यस्तै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसँग छलफल गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ । छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई पनि अघि बढाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...