नेभिगेशन
सबै कुरा

तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानविन गर्नुपर्ने सांसदहरुकाे माग

काठमाडाैँ । सांसदहरुले तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरुले नेपालको पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले स्थापित तारागाउँ विकास समितिको जग्गा प्रकरणमा निकै अघिदेखि नै अनियमितता भएको हुन सक्ने भन्दै छानविन गर्नुपर्ने माग गरेका हुन् । तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारी स्वामित्वको तारागाउँ विकास समितिले लगानी गरेपनि प्रतिफल आउन नसकेको उनीहरुको भनाइ छ ।

बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले होटेल हायातले तारागाउँ विकास समितिको जग्गालाई एकलौटी बनाउन खोजेको र राज्यको शेयर २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिएको बताए । उनले राज्यले लाभांश नपाउने अवस्थाको अध्ययन हुनुपर्ने बताए । यसमा सरकारको स्पष्ट दृष्टिकोण समेत आउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य नेमकिपा सांसद प्रेम सुवालले तारागाउँ विकास समितिले गरेको लगानीका बारेमा यसअघिका समेत सवै मन्त्री, प्रधानमन्त्रीहरुलाई जानकारी रहेको भन्दै सवैलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताए । उनले सरकारी सम्पती निजी क्षेत्रलाई दिने काम गम्भीर रहेको उल्लेख गरे । 

समिति सभापति राजकिशोर यादवले तारागाउँ र होटलबीच भएको लिग सम्झौताका बिषयमा पर्यटन मन्त्रालयले कार्ययोजना बनाउने र त्यसआधारमा अर्को बैठकमा छलफल गर्ने बताए । तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारले गरेको लगानी प्रतिफलमा बदल्न सक्ने गरि समाधानका योजना सहित आउन पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...