नेभिगेशन
सबै कुरा

थाइल्याण्डका प्रधानमन्त्री श्रेथाको पद धरापमा

फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै हप्ता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दललाई विघटन गरी पार्टीका पूर्वनेता पिता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आउन लागेको हो ।

Ncell
Extreme Energy

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लङ्घन गरेको आरोप लागेको हो ।

पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।

पिचितको नियुक्ति विवादित बनेपछि यसबाट प्रधानमन्त्री श्रेथालाई कुनै असर नपरोस् भनी उनले आफ्नो भूमिकाबाट राजीनामा दिइसकेका छन् । 

 तर संवैधानिक अदालतले अझै पनि सेनाद्वारा नियुक्त सिनेटरहरूको उजुरीको आधारमा सुरु भएको मुद्दाको सुनुवाई गर्न सहमत भएको छ । 

बहुदलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीका श्रेताले पिचितको मुद्दामा थप अनुसन्धान भइसकेको बताएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री श्रेथा आफू पदमै रहेमा मन्त्रिमण्डल पुनर्गठनको सम्भावना रहेको बताएका छन् । 

यदि उनलाई पदबाट हटाइयो भने फेउ थाईले प्रधानमन्त्रीका लागि नयाँ उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।

संवैधानिक अदालतले यसअघि पनि प्रधानमन्त्रीहरूलाई बर्खास्त गरिसकेको छ तर विश्लेषक थितिनान पोङसुधिराकले प्रधानमन्त्रीलाई पदच्युत गर्ने अपेक्षा आफूले नगरेको बताएका छन् ।

गत वर्ष राजनीतिमा प्रवेश गरेका रियल इस्टेट डेभलपर श्रेथाले आफू सत्तामा आएदेखि नै उनको नीतिको महत्वपूर्ण विरोधको सामना गर्नुपरेको छ । जुनमा भएको सर्वेक्षणले अधिकांश थाईहरूले उहाँको एजेन्डालाई अस्वीकार गरेको देखाएको छ ।

उनले लेस्बियन, समलिङ्गी, उभयङ्गी वा ट्रान्सजेन्डर भएका व्यक्ति     (एलजीबीटीक्यू) समुदायको वर्षौंको वकालत पछि जूनमा लागू गरिएको विवाह समानताको लागि पक्षमा समर्थन गर्ने प्रतिज्ञा गरेका थिए  । 

भाङलाई पुनः अपराधीकरण गर्ने र चार करोडभन्दा बढी थाईहरूलाई १० हजार भाट (२८० अमेरिकी डलर) वितरण गर्ने उनको प्रस्तावले राष्ट्रियस्तर र उनको गठबन्धन दुवैमा विवाद निम्त्याएको छ ।

पितालगायत आलोचकहरूले ‘राजनीतिक दललाई ध्वस्त पार्ने हतियारको रूपमा गरिएको राजनीतिकरणमा अदालत’ को प्रयोग नगर्न चेतावनी दिइरहेका बेला यो मुद्दा आएको हो ।

युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहहरूले पिताको मुभ फरवार्ड पार्टी ९एमएफपी० विघटन गर्ने अदालतको निर्णयको निन्दा गरेका छन् ।

एमएफपीका बाँकी सदस्यहरूले सन् २०२७ मा हुने अर्को राष्ट्रिय निर्वाचनमा परिवर्तन ल्याउने महत्वाकाङ्क्षाका साथ शुक्रबार ‘द पिपुल्स पार्टी’ नामक नयाँ अभियान सुरु गरेका छन् ।

सन् १९३२ मा निरङ्कुश राजतन्त्रको अन्त्य भएयता थाइल्यान्डले दशकौँदेखि राजनीतिक अस्थिरताको सामना गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय चर्चित वातावरण तथा शिक्षा अभियानी सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको भोक हड्ताल तोडेका छन् ।
भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरण र व्यापक अनियमितताविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै गएको छ।