नेभिगेशन
सबै कुरा

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच  पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । 

युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले संचारमाध्यमलाई जनाएका छन् ।

Dish Home
Global Ime Bank

उनका अनुसार विस्थापित मध्ये लगभग एक हजार मानिसहरु हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।

बिग्रदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्न लगायतका न्युनतम आवश्यकताका सामानहरु प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ, ग्लेडकोभले भने ।

यसै क्रममा उहाँले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितहरुलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे । रासस  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा हालैका दिनहरूमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, गुइझोउ प्रान्तमा मात्र करिब ८०,९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ...
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा...
इरान–इजरायल युद्ध : यस्ता छन् पछिल्लो घटनाक्रमहरु

इरान–इजरायल युद्ध : यस्ता छन् पछिल्लो घटनाक्रमहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको अन्तिम क्षणहरूमा मिसाइलहरूमार्फत इरान र इजरायलले मङ्गलबार एकअर्काविरुद्ध आक्रमण गरेका छन् ।
कतारमा रहेको अमेरिकी सैनिक ब्यारेकमा ईरानद्धारा हमला

कतारमा रहेको अमेरिकी सैनिक ब्यारेकमा ईरानद्धारा हमला

कतारमा रहेको अमेरिकी सैन्य अखडामा ईरानले आक्रमण गरेको छ ।