नेभिगेशन
सबै कुरा

सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने स्वास्थ्यको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छ ।  विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई  आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्”, उनले भने, “तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।”

Ncell
Extreme Energy

भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । 

सीमित जनशक्ति,पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
विदेशमा रहेका नेपाली र दाताले यसरी गर्नुहोस् सरकारी कोषमा राहत रकम जम्मा

विदेशमा रहेका नेपाली र दाताले यसरी गर्नुहोस् सरकारी कोषमा राहत रकम जम्मा

यस पोर्टलमार्फत डोमेस्टिक वा अन्तर्राष्ट्रिय कार्ड तथा नेपालपे क्यूआर कोडमार्फत मोबाइल बैंकिङ, कनेक्टआईपीएस, वालेट वा अलिपे प्लस प्रयोग गरी नेपाली रुपैयाँमा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ...
विपद्‍मा खटिएका सुरक्षाकर्मीको खाजा खर्च र भत्ता वृद्धि

विपद्‍मा खटिएका सुरक्षाकर्मीको खाजा खर्च र भत्ता वृद्धि

विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको हो।
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

घाइते हुनेहरुमा तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रुपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद...