नेभिगेशन
सबै कुरा

विपद्का घटनामा मानवीय क्षति बढ्यो, दुई महिनामा एक सय ७० जनाको मृत्यु

काठमाडौँ । मनसुनजन्य विपदबाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक सय ९५ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनसुनजन्य विपद्ले सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।

Everest cinsult

गतवर्ष सोही अवधिको तुलनामा यसवर्ष मनसुनजन्य घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गतवर्ष सोही अवधिमा ७२ जनाको मृत्यु, २८ बेपत्ता र एक सय जना घाइते भएका थिए ।

यसवर्षको मनसुनजन्य विपद्बाट दुई हजार नौ सय ९८ घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक सय ९७ निजी घर पूर्ण र एक सय ७० घरमा आंशिक क्षति पुगेको छ । यस्तै तीन सरकारी कार्यालय र पाँच पक्की पुल, १५ झोलुङ्गे पुल तथा एक जलविद्युत् आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

दुई महिनाको अवधिमा बाढीका एक सय ६९, पहिराका तीन सय ३६, भारी वर्षाका दुई सय २८ र चट्याङका ८८ गरी आठ सय ४८ विपद्का घटना भएका छन् । बाढीबाट ३६ को मृत्यु, पाँच बेपत्ता र २४ घाइते भएका छन् । पहिरामा परी एक सय नौ जनाको मृत्यु, ३९ बेपत्ता र ९६ घाइते, भारी वर्षाबाट एकको मृत्यु र २० घाइते तथा चट्याङबाट २४ को मृत्यु र ५५ जना घाइते भएका छन् ।

सो अवधिमा आगलागी, हावाहुरी, जनावर आक्रमण, वन डढेलो, लोक लाग्नु र सर्पदंशलगायत अन्य विपद्का चार सय ७१ घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा परी १९ जनाको मृत्यु भएको छ ।

यस अवधिमा देशभर एक सय ७१.७ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्ष औषतभन्दा बढी पानी पर्ने अनुमान गरेको थियो । गत जेठ २८ गतेदेखि नेपालमा मनसुन प्रवेश भएको थियो । यसवर्ष कञ्चनपुरको चाँदनी दोधारामा अहिलेसम्मकै बढी वर्षा भएको थियो । जलमापनको ७७ वर्षको इतिहासमा कञ्चनपुरमा सबैभन्दा धेरै छ सय २४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

बाढी पहिरामा परी घाइते भएका २३ जनालाई हवाई उद्धार तथा उच्च जोखिममा रहेका एक हजार दुई सय २७ जनालाई जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाल प्रहरीका आठ हजार दुई सय ५२, सशस्त्र प्रहरी बलबाट पाँच हजार आठ सय १७ र नेपाली सेनाबाट चार हजार सात सय आठ गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी खोज, राहत तथा उद्धारमा संलग्न भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

अब नेपाली मूलका विदेशी नागरिकलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्द्धन गर्ने...
रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, धनुष सहकारीको ८२ लाख झिकेर मिटरब्याजमा

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, धनुष सहकारीको ८२ लाख झिकेर मिटरब्याजमा

रवि लामिछानेविरुद्ध जाहेरी दिने जैशीले नै धनुष सहकारीको ८२ लाख रकम अपचलन गरेको आरोप छ । प्रहरी स्रोतका अनुसार जैसी प्रहरीको नियन्त्रणमा छन् भने अन्यको पनि खोजी भैरहेको...
कांग्रेसमा पालैपालो विद्रोहः सभापतिमा गगन यथावत, देउवा मैदानमा

कांग्रेसमा पालैपालो विद्रोहः सभापतिमा गगन यथावत, देउवा मैदानमा

कांग्रेस एउटा पार्टी हो कि दुईटा ? छुट्याउन गाह्रो छ । विशेष महाधिवेशनअघिको कांग्रेस र विशेष महाधिवेशनपछिको कांग्रेस । विशेष महाधिवेशनपछिको कांग्रेसको नेतृत्व गगन थापाले गरिरहेका छन् ।...