नेभिगेशन
सबै कुरा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना  छ। 

Ncell
Extreme Energy

त्यसैगरी आज राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । 

यसैबीच, विभागले विगत छ घण्टामा  कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू–भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
विदेशमा रहेका नेपाली र दाताले यसरी गर्नुहोस् सरकारी कोषमा राहत रकम जम्मा

विदेशमा रहेका नेपाली र दाताले यसरी गर्नुहोस् सरकारी कोषमा राहत रकम जम्मा

यस पोर्टलमार्फत डोमेस्टिक वा अन्तर्राष्ट्रिय कार्ड तथा नेपालपे क्यूआर कोडमार्फत मोबाइल बैंकिङ, कनेक्टआईपीएस, वालेट वा अलिपे प्लस प्रयोग गरी नेपाली रुपैयाँमा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ...
विपद्‍मा खटिएका सुरक्षाकर्मीको खाजा खर्च र भत्ता वृद्धि

विपद्‍मा खटिएका सुरक्षाकर्मीको खाजा खर्च र भत्ता वृद्धि

विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको हो।
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

घाइते हुनेहरुमा तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रुपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद...