नेभिगेशन
सबै कुरा

संघीयता र गणतन्त्रसहितको व्यवस्थालाई असर पार्ने कुनै काम सरकारले गदैन : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रसहितको व्यवस्थालाई असर पार्ने कुनै पनि काम सरकारले नगर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निकै संघर्ष गरेर अहिलेको प्रणाली ल्याउन सफल भएको भन्दै अहिलेको व्यवस्थालाई असर पार्ने कुनै पनि काम सरकारले नगर्ने स्पष्ट पारे । लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्नको लागि आफू प्रतिबद्ध रहेको उनले बताए । 

उनले संविधानको सर्वस्वीकार्यताको पक्षलाई ध्यानमा राखेर सवै दलहरुबीच सहमति कायम गरेर संविधानको संशोधन गरिने जिकिर गरे । सुशासन र बिकासका काममा तीव्रता दिनका लागि संविधान संशोधन हुने भन्दै यसलाई प्रतिगमनको रुपमा बुझ्न नहुने उनले बताए । ओलीले लोकतान्त्रिक व्यवस्था विरोधी प्रवृत्तिहरु देखा पर्न थालेकाले त्यस्ता प्रवृत्तिबाट देशलाई मुक्त गर्नका लागि गम्भीर भएर अघि बढ्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न देश र जनताको हितहरुप्रति समर्पित भएर काम गर्ने जिकिर गरे । 

त्यस्तै उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयक पारित भएपछि द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन हुने उल्लेख गरे । शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको उनले बताए । 

प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट गरे । त्यस्तै उनले अन्य विधेयकहरुलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...