नेभिगेशन
सबै कुरा

मुकुललाई रास्वपाले पुन: साेध्याे स्पष्टीकरण : तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री एवम् पार्टीका साधारण सदस्य मुकुल ढकाललाई पुन स्पष्टीकरण सोधेको छ । पार्टीले ढकाललाई साधारण सदस्यबाट किन हटाउनुनपर्ने भन्दै स्पष्टीकरण सोधेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले एक पत्र लेख्दै ढकाललाई आफूविरुद्धको कारबाहीविरुद्ध पुनरावेदन समितिमा पुनरावेदन नदिई पार्टीविरुद्ध नियमित लागेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘उल्लिखित विषयमा मिति २०८१/०४/२५ को केन्द्रीय समितिको निर्णय बमोजिम तपाईंलाई पार्टीले महामन्त्री, प्रवक्ता एवम्‌ केन्द्रीय सदस्यबाट पदमुक्त गरेसँगै आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी विधानको धारा ५७ बमोजिम पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी तपाईंले सञ्चारमाध्यम लगायत विभिन्न माध्यमहरुबाट पार्टी हित विपरित गई पार्टी तथा पार्टीका नेताहरुको छवि, इज्जत, प्रतिष्ठा घमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग स्रोतहरु समेतबाट देखिएको छ। साथै यसबीचमा पार्टीलाई समाप्त पार्ने षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरुसँग भेटेको सूचना प्राप्त भएको छ।’, पत्रमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै उनले पार्टीविरुद्ध निरन्तर लागेका कारण उनलाई पार्टीबाट किन नहटाउने भन्दै कारण मागिएको छ । ‘उल्लिखित पृष्ठभूमिमा पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ? आफ्ना आघार प्रमाण तथा भनाईसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सूचित गरिन्छ ।’, कार्यवाहक महामन्त्री बुर्लाकोटीले मुकुललाई लेखेको पत्रमा उल्लेख छ । 

त्यस्तै पत्रसाथ उनले पार्टीविरुद्ध दिएका अभिव्यक्तिको लिस्ट समेत संलग्न राखेर पठाइएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।