नेभिगेशन
सबै कुरा

मुकुललाई रास्वपाले पुन: साेध्याे स्पष्टीकरण : तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री एवम् पार्टीका साधारण सदस्य मुकुल ढकाललाई पुन स्पष्टीकरण सोधेको छ । पार्टीले ढकाललाई साधारण सदस्यबाट किन हटाउनुनपर्ने भन्दै स्पष्टीकरण सोधेको हो । 

पार्टीका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले एक पत्र लेख्दै ढकाललाई आफूविरुद्धको कारबाहीविरुद्ध पुनरावेदन समितिमा पुनरावेदन नदिई पार्टीविरुद्ध नियमित लागेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘उल्लिखित विषयमा मिति २०८१/०४/२५ को केन्द्रीय समितिको निर्णय बमोजिम तपाईंलाई पार्टीले महामन्त्री, प्रवक्ता एवम्‌ केन्द्रीय सदस्यबाट पदमुक्त गरेसँगै आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी विधानको धारा ५७ बमोजिम पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी तपाईंले सञ्चारमाध्यम लगायत विभिन्न माध्यमहरुबाट पार्टी हित विपरित गई पार्टी तथा पार्टीका नेताहरुको छवि, इज्जत, प्रतिष्ठा घमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग स्रोतहरु समेतबाट देखिएको छ। साथै यसबीचमा पार्टीलाई समाप्त पार्ने षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरुसँग भेटेको सूचना प्राप्त भएको छ।’, पत्रमा भनिएको छ । 

त्यस्तै उनले पार्टीविरुद्ध निरन्तर लागेका कारण उनलाई पार्टीबाट किन नहटाउने भन्दै कारण मागिएको छ । ‘उल्लिखित पृष्ठभूमिमा पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ? आफ्ना आघार प्रमाण तथा भनाईसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सूचित गरिन्छ ।’, कार्यवाहक महामन्त्री बुर्लाकोटीले मुकुललाई लेखेको पत्रमा उल्लेख छ । 

त्यस्तै पत्रसाथ उनले पार्टीविरुद्ध दिएका अभिव्यक्तिको लिस्ट समेत संलग्न राखेर पठाइएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...