नेभिगेशन
सबै कुरा

संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न तयार छाैँ : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न आफु तयार रहेको बताउका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकमाथिको छलफलमा प्रचण्डले जनताको अधिकारलाई थप बलियो बनाउदै संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि एकताको हतियार बाहेक अरु बिकल्प नरहेको भन्दै आफु मिलेर अघि बढ्न आफु तयार रहेको बताएका हुन् । समाजमा अराजकता फैलाउने प्रवृत्तिले टाउको उठाउन कोशिस गररहेकोले त्यसको प्रतिवाद गर्न लोकतन्त्रमाथि विश्वास गर्नेहरु समझदारीका साथ अघि बढ्न जरुरी रहेको उनले बताए । 

त्यस्तै प्रचण्डले संविधान संशोधनको नाममा वा राजनीतिक स्थिरताका नाममा फेरि केही सीमित वर्ग क्षेत्र, भूगोल र स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न नहुनेमा जोड दिए । उनले पछिल्ला राजनीतिक घटना क्रममा आशंका गर्ने ठाँउ देखिएको र बहुदलीय व्यवस्थाको सट्टा दुई दलीय बनाउन लागिएको हो भन्ने प्रश्न गर्नुपर्ने अवस्था आएको जिकिर गरे । 

प्रचण्डले शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नरहेपछि अर्का हस्ताक्षरकर्ता आफु शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन अन्तिमसम्म पनि लागिरहने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उनले जनयुद्धलाई नेताहरुले हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरेको भन्दै आपत्ति जनाउदै संविधानसभाको व्याख्यात्मक टिप्पणीलाई नविर्सन आग्रह गरे । 

प्रचण्डले तत्कालिन अवस्थामा आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको जिकिर गरे । जनयुद्धको राजनीतिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण रहेको उनको भनाइ छ । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको समेत बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...