नेभिगेशन
सबै कुरा

कालिकोटका किसानले प्रतिकिलो ५० रुपैयाँमा बेच्छन् स्याउ

कालीकोट । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए । “नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो”, उनले भने, “अहिले बारीमा नै प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ ।”

Ncell
Extreme Energy

बढी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने भएकाले नगरपालिकाले साउन २० गतेदेखि मात्र टिप्न आग्रह गरेको तिलागुफा–४ का पूर्वअध्यक्ष खड्कराज शाहीले बताए। “जिल्लामा यति बेला स्याउ टिप्ने सिजन सुरु भएकाले सबै किसान निकै व्यस्त छन्”, उनले भने, “अहिले ठेकेदार बगैँचामा आएर स्याउ लिने गरेका छन् ।” 

स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रास्कोट नगरपालिका–८ फुकोटका पुष्पराज बरालले बताए । “स्याउ उत्पादन प्रशस्त हुन्छ । यहाँको लेकाली क्षेत्रबाट स्याउ बजारसम्म पु¥याउन ढुवानी खर्च महँगो पर्छ”, उनले भने, “ठेकेदारले बारीमा आएर स्याउ लैजाने गरेका मूल्य कम भए पनि ढुवानीको समस्या भने अहिले छैन ।”

किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

घाइते हुनेहरुमा तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रुपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद...
रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उहाँहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रम पनि जारी छ । घाइतेका आफन्तजन उपचाररत अस्पतालमा पुगेर आफ्ना परिवारका...
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।
चीनले भन्यो– ल्हेन्दे खोलामा ताल बनेको छ, फुट्न सक्छ

चीनले भन्यो– ल्हेन्दे खोलामा ताल बनेको छ, फुट्न सक्छ

चीनको तिब्बत हुँदै नेपालको भोटेकोशीमा मिसिने ल्हेन्दे खोलामा हिमपहिरोको कारण ठूलो ताल बनेको चीनले जनाएको छ ।