नेभिगेशन
सबै कुरा

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

मोरङ ।  कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित  मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी  कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको छ ।

Ncell
Extreme Energy

यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् ।

मोरङको लेटाङ नगरपालिकामा  सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताए  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चीनले भन्यो– ल्हेन्दे खोलामा ताल बनेको छ, फुट्न सक्छ

चीनले भन्यो– ल्हेन्दे खोलामा ताल बनेको छ, फुट्न सक्छ

चीनको तिब्बत हुँदै नेपालको भोटेकोशीमा मिसिने ल्हेन्दे खोलामा हिमपहिरोको कारण ठूलो ताल बनेको चीनले जनाएको छ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
चितवनमा अब शव राख्ने ठाउँ छैन

चितवनमा अब शव राख्ने ठाउँ छैन

प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ...