नेभिगेशन
सबै कुरा

लोडसेडिङ् हुँदा खुसी हुने जमातले मेराे विरोध गरेः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ् हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् । 

प्राधिकरणको बार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा उहाले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरुले विरोध गर्ने गरेको गुनासो गरेका हुन् । 

Dish Home
Global Ime Bank

केहि जिम्मेवार पदाधिकारी लगाएतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परिक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाव कसरी फेक हुन्छ भन्दै प्रश्न गरे । 

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राख्नुभयो । त्यस्तै उहाले आठ बर्ष अघि ३५ अर्व सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्व नाफामा पुग्नु ठूलो सुखद बिषय धारणाा राखे । 

नेपालको विधुत क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सवै क्षेत्रमा विधुतिय गाडीहरु सञ्चालन हुन थालेको उनले बताए । घिसिङले बितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले रु १ खर्व लगानी गरेको जानकारी पनि दिए । 

उनले आफ्नो दोश्रो कार्यकालको अन्तिम बार्षिकोत्सव मनाउने बर्ष भएको र अर्को बर्ष साउन २५ गते आफ्नो चार बर्षे कार्यअवधि समाप्त भएपछि प्राधिकरणबाट बिदा लिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

‘न्यायाीक परिपटी र प्रचलनमा हिरासतमा वा कारगारमा रहेको पक्षलाई उसको मुद्दाको सुनुवाई हुँदैछ भनेर फलानो दिनमा पेसी चढेको छ भनेर सूचित गरिन्छ । सूचना पुगेको रहेनछ भने सूचना...
घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,...
प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौँको एक गिरोह जसले वर्षौँदेखि नक्कली जग्गाधनी पुर्जा, लाइसेन्स, नागरिकतादेखि शैक्षिक प्रमाणपत्र मात्रै हैन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए...
संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला

संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला

संवैधानिक इजलासले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको विवादमा सुनुवाइ सकिएको जनाएको छ। सो विवादबारे जेठ २८ गते फैसला सुनाइनेछ।