नेभिगेशन
सबै कुरा

लोडसेडिङ् हुँदा खुसी हुने जमातले मेराे विरोध गरेः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ् हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणको बार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा उहाले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरुले विरोध गर्ने गरेको गुनासो गरेका हुन् । 

Ncell
Extreme Energy

केहि जिम्मेवार पदाधिकारी लगाएतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परिक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाव कसरी फेक हुन्छ भन्दै प्रश्न गरे । 

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राख्नुभयो । त्यस्तै उहाले आठ बर्ष अघि ३५ अर्व सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्व नाफामा पुग्नु ठूलो सुखद बिषय धारणाा राखे । 

नेपालको विधुत क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सवै क्षेत्रमा विधुतिय गाडीहरु सञ्चालन हुन थालेको उनले बताए । घिसिङले बितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले रु १ खर्व लगानी गरेको जानकारी पनि दिए । 

उनले आफ्नो दोश्रो कार्यकालको अन्तिम बार्षिकोत्सव मनाउने बर्ष भएको र अर्को बर्ष साउन २५ गते आफ्नो चार बर्षे कार्यअवधि समाप्त भएपछि प्राधिकरणबाट बिदा लिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
चितवनमा अब शव राख्ने ठाउँ छैन

चितवनमा अब शव राख्ने ठाउँ छैन

प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ...
नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

दुर पुगेलगत्तै प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख लगायतबाट  ‘ब्रिफिङ’ लिएका छन् ।