नेभिगेशन
सबै कुरा

दुई संसदीय समितिका सभापतिको शपथ

काठमाडौँ । संघीय संसदका दुई समितिका सभापतिहरु चयन गरिएको छ । संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । संसदीय सुनुवाई समितिको सभापतिमा इश्वरीदेवी न्यौपाने निर्वाचित भएकी छिन् भने राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिमा ठाकुर गैरे निर्वाचित भएका हुन् । 

निर्वाचित सभापतिहरुलाई सभापति देवराज घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथपछि संसदीय सुनुवाई समितिका सभापति न्यौपानेले समितिमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी र निष्पक्ष बनाउने बताए । 

Dish Home
Global Ime Bank

त्यस्तै राज्यका निर्देशक सिद्धान्त समितिका सभापति गैरेले राज्यका नीतिहरु र दायित्वहरुलाई जनअपेक्षा अनुसार कार्यान्वयन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने बताए । 

त्यसअघि बसेको दुवै समितिको बैठकमा समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

‘न्यायाीक परिपटी र प्रचलनमा हिरासतमा वा कारगारमा रहेको पक्षलाई उसको मुद्दाको सुनुवाई हुँदैछ भनेर फलानो दिनमा पेसी चढेको छ भनेर सूचित गरिन्छ । सूचना पुगेको रहेनछ भने सूचना...
घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,...
प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौँको एक गिरोह जसले वर्षौँदेखि नक्कली जग्गाधनी पुर्जा, लाइसेन्स, नागरिकतादेखि शैक्षिक प्रमाणपत्र मात्रै हैन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए...
संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला

संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला

संवैधानिक इजलासले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको विवादमा सुनुवाइ सकिएको जनाएको छ। सो विवादबारे जेठ २८ गते फैसला सुनाइनेछ।