नेभिगेशन
सबै कुरा

दुई संसदीय समितिका सभापतिको शपथ

काठमाडौँ । संघीय संसदका दुई समितिका सभापतिहरु चयन गरिएको छ । संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । संसदीय सुनुवाई समितिको सभापतिमा इश्वरीदेवी न्यौपाने निर्वाचित भएकी छिन् भने राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिमा ठाकुर गैरे निर्वाचित भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचित सभापतिहरुलाई सभापति देवराज घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथपछि संसदीय सुनुवाई समितिका सभापति न्यौपानेले समितिमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी र निष्पक्ष बनाउने बताए । 

Ncell
Extreme Energy

त्यस्तै राज्यका निर्देशक सिद्धान्त समितिका सभापति गैरेले राज्यका नीतिहरु र दायित्वहरुलाई जनअपेक्षा अनुसार कार्यान्वयन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने बताए । 

त्यसअघि बसेको दुवै समितिको बैठकमा समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
चितवनमा अब शव राख्ने ठाउँ छैन

चितवनमा अब शव राख्ने ठाउँ छैन

प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ...
नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

दुर पुगेलगत्तै प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख लगायतबाट  ‘ब्रिफिङ’ लिएका छन् ।