नेभिगेशन
सबै कुरा

गठ्ठाघर दुर्घटनाः मृतकको पहिचान खुल्न बाँकी*

काठमाडाैँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटनामा परी मृत्यु भएका स्कुटर चालकको पहिचान खुलेको छैन । भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजन कार्कीका अनुसार मृतककाे पहिचान खुल्न बाँकी नै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'घटना भएकाे केही समयमा नै एक युवक आएर मृतक आफ्नी बहिनी भएकाे दाबी गरेका  थिए ।', प्रवक्ता कार्की भन्छन्, 'उनले मृतक महिला आफ्नी बहिनी भनेका थिए । साेही हल्ला फैलियाे ।'

Marvel
Extreme Energy

उनका अनुसार मृतककाे पहिचानबारे थप खाेजी भइरहेकाे छ । मृतककाे शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएकाे छ । 

आज दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको प्लेजर स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर करिब २० मिटर धसार्दै लगेको थियो । 

ट्राफिक प्रहरीको चेकिङका कारण दुर्घटना भएको भन्दै आक्रोसित भिडले  सडक  अवरुद्ध गरेका थिए । सो क्रममा उनीहरुले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि ट्राफिक प्रहरीको भागाभाग चलेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । 

*यसअघि प्रकाशित समाचारमा  घटनास्थलमा भएका प्रहरीले दिएकाे सूचनामा अन्यथा परेकाेमा क्षमायाचनासहित सच्याइएकाे छ । - सम्पादक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आज बसेको मन्त्रिपरिषद् बैठकले जम्माजम्मी एउटा निर्णय गर्यो र त्यो निर्णय हो– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने ।
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनको भरतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। निउरो टिप्न गएका भरतपुर महानगरपालिका–२७ का ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।
दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।
कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

बुधबार काठमाडौँमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाइ सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताका बीचमा वामपन्थी राजनीतिलाई स्थापित गर्ने कुरामा समस्या उत्पन्न भएको भन्दै समग्र कम्युनिस्ट...