नेभिगेशन
सबै कुरा

बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म १७५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ७५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

Dish Home
Global Ime Bank

उनकाअनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २४ जना घाइते भएका छन् । 

बाढीपहिराबाट काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीनजना, कर्णाली प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १३ जनाको उद्दार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुईजना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चििम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन् ।”

बाढीका कारण दुई सय ८६ वटा घर, एक सय पाँच वटा गोठ, ४९ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिरोमा परी आजसम्म आठ सय २० वटा पशु चौपायको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार सय ७२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

‘न्यायाीक परिपटी र प्रचलनमा हिरासतमा वा कारगारमा रहेको पक्षलाई उसको मुद्दाको सुनुवाई हुँदैछ भनेर फलानो दिनमा पेसी चढेको छ भनेर सूचित गरिन्छ । सूचना पुगेको रहेनछ भने सूचना...
घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,...
प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौँको एक गिरोह जसले वर्षौँदेखि नक्कली जग्गाधनी पुर्जा, लाइसेन्स, नागरिकतादेखि शैक्षिक प्रमाणपत्र मात्रै हैन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए...
संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला

संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला

संवैधानिक इजलासले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको विवादमा सुनुवाइ सकिएको जनाएको छ। सो विवादबारे जेठ २८ गते फैसला सुनाइनेछ।