नेभिगेशन
सबै कुरा

गठ्ठाघरमा ट्राफिक प्रहरीले रोकेको थिएन दुर्घटनामा परेको स्कुटर

काठमाडाैँ । बिहिबार भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटना ट्राफिक प्रहरीले स्कुटर रोकेका कारण नभएको खुलेको छ । शुक्रबार सार्वजनिक भएको सिसिटिभि फुटेजमा सो स्थानमा चेकिङ्मा रहेका ट्राफिक प्रहरीले उक्त स्कुटर नरोकिएको देखिएको हाे। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सिसिटिभि फुटेजमा बिहिबार दिउँसो १ः५९ बजे भक्तपुरको गठ्ठाघरमा ट्राफिक  प्रहरी नियमित चेकिङ गरिरहेको देखिन्छ । सोही समयमा कौशलटारबाट बा ४९प ८९४४ नम्बरको स्कुटर गठ्ठाघरतर्फ गइरहेको थियो । सोही दिशातर्फ ना६ख २१७३ नम्बरको मालवाहक ट्रक पनि गइरहेको देखिन्छ । गठ्ठाघरमा ट्राफिक  प्रहरीको चेकिङ भइरहेको स्थान नजिकै अघि अघि गइरहेको सो स्कुटरलाई पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिएर घिसारेको सिसिटिभि फुटेजमा देखिन्छ । 

सो दृश्यमा ट्राफिकले स्कुटरलाई रोकेको र रोकेको स्कुटरमा ट्रकले ठक्कर दिएको भन्ने भाष्य गलत साबित भएको छ । 

ट्रकले ठक्कर दिँदा स्कुटर चालकको शरीर क्षतविक्षत भयो । सोही समयमा चेकिङमा रहेका ट्राफिक प्रहरीले उक्त ट्रक रोक्न सडकमा कुदाकुद गरेको भिडियोमा देखिन्छ ।

बिहिबार भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा पर्दा उनको अनुहार चिन्न सक्ने अवस्था समेत थिएन । यतिसम्म कि प्रहरीले धेरै ढिलासम्म पनि दुर्घटनामा परेको व्यक्ति महिला हो की पुरुष हो भन्नेसमेत छुट्याउन सकेको थिएन । तर दुर्घटना हुनेवित्तिकै दुर्घटनास्थलमा ठूलो संख्यामा मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनियो । 

उनीहरुले ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइ लाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । कति ट्राफिक प्रहरीलाई त आक्रोसित भिडले लुगा च्यातेर कुटपिटमा उत्रिएको समेत देखिएको छ । तर फुटेज सार्वजनिक भएसँगै उक्त दुर्घटना ट्राफिक प्रहरीका कारण नभएको पाइएको छ । 

घटनापश्चात आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो । 

केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । 

तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमुनी शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भीडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो । 

भीड नियन्त्रणका लागि भक्तपुरका एक सय १८ जना प्रहरी, काठमाडौँबाट आएका एक सय ३० जना प्रहरी र सशस्त्रका एक सय २३ जना परिचालन भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित भीडले प्रहरी बीट, ट्राफिक आइरल्याण्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकोप्टरद्वारा बिहानदेखि अहिलेसम्म (दिउँसो साढे १२ बजेसम्म) टिमुरे, धुन्चे तथा मैलुङ इलाकाबाट विभिन्न ६ देशका ४५ विदेशी सहित ३३६...
नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कन गर्ने भएको छ ।
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।