नेभिगेशन
सबै कुरा

टासिलाप्चा हिमाल क्षेत्रमा ताल विस्फोट

काठमाडाैँ । सोलुखुम्बुमा टासिलाप्चा जाने बाटोमा रहेको ताल फुटेको छ । सो क्षेत्रमा ताल फुट्दा खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ थामेमा लेदोसहितको बाढी गएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Marvel
Extreme Energy

दिउँसो करिब १ बजेदेखि गएको बाढीले सो क्षेत्रको विद्यालयका होस्टल, ४/५ वटा होटल रहेका घरहरुमा पूर्णरुपमा क्षति पुर्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पासाङ सोनम शेर्पाले बताए । ‘टासीलाप्चा जाने बाटोमा रहेका पोखरीहरुमध्ये कुनै पोखरी फुट्यो भन्ने अनुमान गरिएको छ । अहिले पानीको बहाव क्रमस कम हुँदै गएको छ । तर विद्यालयको होस्टल र ४/५ ओटा होटलहरु रहेका घरहरु पूर्ण रुपमा क्षति भएको विवरण प्राप्त भएको छ ।’, प्रशासकीय अधिकृत शेर्पाले सिधाकुरासँग भने । 

त्यस्तै शेर्पाका अनुसार हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । ‘अहिले त्यहाँ बादल लागेको छ । स्थानीयहरु अहिले सुरक्षित स्थानमा छन् । तर हेर्दाहेदै घर भत्किरहेको अवस्था छ । बाढीको कटान जारी छ ।’, शेर्पाले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आज बसेको मन्त्रिपरिषद् बैठकले जम्माजम्मी एउटा निर्णय गर्यो र त्यो निर्णय हो– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने ।
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनको भरतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। निउरो टिप्न गएका भरतपुर महानगरपालिका–२७ का ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।
दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।
कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

बुधबार काठमाडौँमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाइ सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताका बीचमा वामपन्थी राजनीतिलाई स्थापित गर्ने कुरामा समस्या उत्पन्न भएको भन्दै समग्र कम्युनिस्ट...