नेभिगेशन
सबै कुरा

तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

महेशको घटनास्थलमा नै मृत्यु भएको छ भने  दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए । 

पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले पूर्वबाट पश्चिम आउँदै गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यस्तै, ट्याङ्कर चालक सिरहाको कर्जना नगरपालिका–३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन् । उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।
सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

भोटेकोशी बाढीका उत्पन्न विपत्ति सामना गर्न सर्वदलीय बैठकले दश बुँदे साझा संकल्प जारी गरेको छ ।
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल...