नेभिगेशन
सबै कुरा

गठ्ठाघर दुर्घटनाः ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

भक्तपुर । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै  ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो । 

Ncell
Extreme Energy

घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले घट्ना दुःखद् भएको बताउँदै गृहमन्त्रीको निर्देशनअनुसार छानबिन समिति गठन गरी  घटनाको सत्यतत्थ छानबिन गर्ने जानकारी दिए । 

उनले आज ट्रकका मालिकलाई काठमाडौँ बोलाएको र मृतकका परिवारलाई पनि सम्पर्कमा ल्याएर छलफल गर्ने बताए । शव परीक्षणका काम अगाडि बढाउन आवश्यक पहल भइरहेको प्रजिअ श्रेष्ठले बताए । उनले हिजो सञ्चारमाध्यममा आएको जस्तो ट्राफिक प्रहरीको कमजोरी नभएको बताउँदै गलत सूचना प्रवाह हुँदा समस्या भएको स्पष्ट पारे । 

उनले घट्नामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने, ड्युटीमा खटिएका ट्राफिक प्रहरीको पोशाक च्यातेर हातपात गर्नेलाई पक्राउ गरि कारबाही गर्ने बताए। सत्यतथ्य नबुझी ट्राफिक प्रहरीमाथि रिस साँध्न खोजिएको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...

भर्खरै