नेभिगेशन
सबै कुरा

पशुपति स्थित कोटिहोमस्थलमा तनाव, प्रहरीले पक्राउ गर्न खोजेको पण्डित भण्डारीको दाबी

काठमाडौं । पशुपति कोटिहोम आयोजनास्थिलमा तनाव भएको छ । कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भण्डारी सहित समर्थकहरु नाराबाजीमा उत्रिएका छन् । गौशला प्रहरी वृतबाट खटिएका प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको भन्दै भण्डारीले समर्थकहरुलाई  प्रतिवाद गर्न आग्रह गर्दै फेसबुक पेजमा लाइभ गरेका छन् । भिडियोमा प्रहरी कोटिहोमस्थिलमा पुगेको देखिन्छ । केहि बेर भण्डारीका समर्थक र प्रहरी बिच ठेलमठेल चलेपनि अहिले भने प्रहरी कोटिहोमस्थिल बाहिर फर्किएको छ । तर कोटिहोमस्थिलमा भने समर्थकहरु जम्मा भैरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी पुुगेपछि आक्रोशित भण्डारीले प्रहरीले आफूूलाई फसाउन खोजेको भन्दै आन्दोलन गर्ने समर्थकहरुलाई आदेश दिएका छन् । साथै उनले अब आन्दोलन चर्किने, बंगलादेशको अवस्था आउने भन्दै उत्तेजक नाराबाजी गरिहेका छन् । 

Ncell
Extreme Energy

अहिले कोटिहोमस्थ्लमा  नाराबाजी चलिरहेको छ । गौशला प्रहरीले भने सामान्य धकेलाधकेल भएको तर अहिले अवस्था सामान्य भएको जनाएको छ । भण्डारीलाई पक्राउ गर्न लागिएको विषयमा भने गौशला प्रहरीका डिउटी अफिसरले केहि बताउन चाहेनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।
सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

भोटेकोशी बाढीका उत्पन्न विपत्ति सामना गर्न सर्वदलीय बैठकले दश बुँदे साझा संकल्प जारी गरेको छ ।
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल...