नेभिगेशन
पैसाका कुरा

अपर बलेफी हाइड्रोमा लक्ष्मी सनराइज बैंकको अगुवाईमा चारवटा बैंकले ७ अर्ब लगानी गर्दै

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा चारवटा बैंकले निर्माणाधीन अपर बलेफी हाइड्रोपावरमा लगानी गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लगानीकर्ता बैंकहरु लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, कृषि विकास बैंक र माछापुच्छ्रे बैंक र आयोजना बलेफी हाइड्रोपावर कम्पनीका प्रतिनिधिबिच सहमति भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकास्थित बलेफी नदीमा नदी प्रवाहमा आधारित ४६ मे.वा. क्षमताको अपर बलेफी जलविद्युत आयोजना निमार्ण हुँदैछ । यस आयोजनाको कूल लागत ९.४३ अर्ब रहेको छ । बैंकहरुसँगको साझेदारीले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा थप महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।

अपर बलेफी हाइड्रोपावरले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८० साल मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदकरसंस्थापकहरुको लगानी रहने छ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४.०७ अर्ब रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसबीआई बैंकको १ अर्ब र माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको छ ।

सो आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...

भर्खरै