नेभिगेशन
सबै कुरा

अभद्र गतिविधि गरेकाे भन्दै पदच्युत प्रअलाई पालिकाको २४ घण्टे स्पष्टीकरण

दाङको राजपुर गाउँपालिका वडा ७ मावि सिक्टाका पदच्युत भएका प्रधानाध्यापक विष्णु खत्रीलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पदकाे पदबाट हटाइएका प्रअ खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायत कर्मचारीलाई तथानाम गालिगलौज गर्ने, पदभार गर्दा निमित्त प्रअलाई कुर्सीबाट लतार्ने लगायतका घटनामा संलग्नता देखिएको भन्दै पालिकाले स्पष्टीकरण सोधेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘शिक्षक जस्तो मर्यादित  पदमा आसिन भएको व्यक्तिले यस्तो गतिविधि कुन ऐन कानुन वमोजिम गर्नु भयको हो ? शिक्षा नियमावली २०५९ (संसोधनसहित) को नियम १० बमोजिम २४ घण्टा भित्र आफैँ उपस्थित भइ लिखित स्पष्टीकरण दिनुहोला ।’, स्पष्टीकरणमा भनिएको छ । 

Ncell
Extreme Energy

प्रअ खत्री पदीय जिम्मेवारी भुलेर अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधेको पालिकाका शिक्षा शाखा प्रमुख केशव लम्सालले बताए  । ‘प्रधानाध्यापकले आफ्नो फेसबुकमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत विष्णु पाण्डे , शिक्षा शाखा प्रमुख केशव लम्साल लगायतका कर्मचारीलाई नकारात्मक टिकाटिप्पणी गर्नुका साथै पालिकाबाट जिम्मेवारी दिएका निमित्त प्रअ भरत बस्नेतलाई पदभारका क्रममा कुर्सीमा अभद्र व्यवहार गरेको आरोप छ ।’, उनले भने ।

पालिकाले उक्त विद्यालयलका वरिष्ठ शिक्षक भरत बस्नेतलार्य साउन ३१ गते निमित्त प्रअको जिम्मेवारी दिएको थियो ।

प्रअ खत्रीमाथि लामो समय देखि मावि सिक्टामा विद्यालय व्यस्थापन समिति गठन नगरेको समेत आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...