नेभिगेशन
पैसाका कुरा

एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरु सातै प्रदेशमा कार्यान्वयनमा

काठमाडौँ । एनसेलले व्यवसायीक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा छन् । कम्पनीले गत वर्ष आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औँ वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो । सोही पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरु सातै प्रदेशमा कार्यान्वयन भइरहेका छन् । 

देशव्यापी रुपमा समुदाय स्तरमा आवश्यक रहेको विकास कार्यका लागि आव्हान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १ सय ६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरुको मुल्याङ्कन गरि छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरु छनौट गरि कार्यन्वयनमा ल्याईएका हुन् ।


छानिएका परियोजनाहरुमा बाग्मती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्यूजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रर्वद्घनको कार्यक्रम तथा शिक्षा सम्बन्धि कार्यक्रमहरु रहेको छ भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्र अन्तर्गत विभिन्न कारणले गर्दा स्कूल जान छाडेका तथा स्कुलबाट बाहिररहेका बच्चाहरुलाई पुनः स्कूल पठाउनको लागि स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्य सम्बन्धि न्यूट्रिसन, वास सम्बन्धि कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रर्वद्घनको लागि ग्रिन बक्स कार्यक्रम रहेका छन् । त्यसैगरी कोशी प्रदेशको लागि ६,००० महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरुको सुरक्षाको लागि जनसचेतना कार्यक्रमहरु रहेका छन् । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरुमा ग्रिन स्कूलको अवधारणा विकासको लागि परियोजना संचालन भइरहेको छ । 

मधेश प्रदेशमा युवाहरुको क्षमता विकास तथा जिविकोपार्जनको लागि सीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदुर पश्चिम प्रदेशका ५ वटा मोडल स्कुलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरुको तालिम तथा विकासका आयोजना रहेका छन् भने नविकरणिय उर्जा प्रवद्र्घन सम्बन्धि परियोजनाहरु संचालनमा रहेका छन् । कर्णाली प्रदेशमा वास सम्बन्धि व्यापक कार्यक्रम तथा फोहरमैला वर्गिकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादन सम्बन्धि कार्यक्रमहरु रहेका छन् । 


आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यन्वयन क्षेत्र, प्रस्ताव पेश गर्ने संस्थाको अनुभवलगायतका आधारमा सामाजिक कार्यहरु छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय उर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरु कार्यान्वयन लगिएका छन् ।

“यो कार्यक्रम अन्तर्गत हामी कर्णालीको चन्दननाथ नगरपालिकामा २२ हजार लाभग्राही रहने स्वास्थ्य सम्बन्धी परियोजना गर्दै छौँ । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा स्टेम एजुकेशनको प्रवर्द्धनको काम हुन्छ । त्यसैगरि मधेस प्रदेशमा १८ देखि २५ वर्षका युवा लक्षित स्किल क्याप गर्दै छौ भने कोशीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्दै छौं । यी केही उदाहरण हुन् ” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर शाखा प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् । “सातै प्रदेशमा कार्यान्वयन हुँदै गरेका हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।” 


दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । प्राप्त प्रस्तावित आयोजनाको महत्व र प्रभावका आधारमा कुनै प्रदेशहरुमा दुईभन्दा बढि परियोजनाहरु छानिन सफल भएका छन् ।

एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको सबैभन्दा ठूला करदाता मध्येको एकका रुपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि आर्थिक वर्ष २०८०÷८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी रु ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...

भर्खरै