नेभिगेशन
सबै कुरा

अरिङगालको टोकाइबाट एक जनाको मृत्यु, एक घाइते

रुकुमपश्चिम । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।

अरिङगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

CG

उनका अनुसार सिस्ने गाउँपालिका–५ स्थित  धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

तामाङले जर्मनीको पीआर लिएकाले उनी उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी दर्ता गर्न खोजिएको थियो । तर उक्त उजुरीमा ठोस प्रमाण नभएका निर्वाचन कार्यालयले दर्ता नगरेको पाइएको छ...
संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय,...
रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर थापाविरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नम्बर २ का...
शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा...