नेभिगेशन
सबै कुरा

असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न भईरहेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्नहरु भइरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेहरुले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् । सबै कुराहरुलाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको र छाटो अवधिमा पनि सकारात्मक परिणामहरु देखापर्न थालेको उनले बताए । अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउनका लागि गम्भीर भएर काम गर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दत्तचित्त भएर लागेको उनले बताए । नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेको दलहरु अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रह समेत गरे । भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शुन्य सहनशीलताका साथ अघि बढ्ने उनले बताए । 

उनले भ्रष्टाचारसम्बन्धी बिषयलाई प्रचारबाजीको रुपमा नभई तथ्यका आधारमा निमूल पार्ने जिकिर गरे । ओलीले अहिलेको सरकारले देखावटी नभइ परिस्थीतिमा सकारात्मक परिणाम दिने उदेश्यका साथ अघि बढेको जिकिर गरे । 

उनले राष्ट्रको आवश्यकताका आधारमा दलहरुबीचको सहमतिका साथ संविधान संशोधन हुन सक्ने भन्दै यस बिषयमा गलत प्रचारवाजी भएको बताए । 

उनले मनसुनका कारण प्रभावितहरुलाई राहत, पुनस्र्थापनाका साथै अन्य कामहरु सरकारी तवरबाट भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जनाए । घरजग्गा कारोवार क्रमशःबृद्धि हुंदै गएको र पूँजीबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।