नेभिगेशन
सबै कुरा

संक्रणकालीन न्याय सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडाैँ । संक्रणकालीन न्याय सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । 

बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

CG

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पारित गरियोस भन्ने राखेको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वंसम्मतिले पारित गरेको हो । 

राष्ट्रियसभाले पारित गरेसँगै अव यसको सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने व्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक राजपत्रमा प्रकाशित भएसँगै कानुनका रुपमा कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

तामाङले जर्मनीको पीआर लिएकाले उनी उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी दर्ता गर्न खोजिएको थियो । तर उक्त उजुरीमा ठोस प्रमाण नभएका निर्वाचन कार्यालयले दर्ता नगरेको पाइएको छ...
संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय,...
रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर थापाविरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नम्बर २ का...
शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा...