नेभिगेशन
सबै कुरा

नेतृत्वबारे बहस गर्ने बेला नभएको माओवादीको निष्कर्ष

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीको बिचारलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाडामा बिहीबार सम्पन्न बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श बैठकमा उनीहरुले पार्टीभित्र उन्नतस्तरको बहस सिर्जना गर्दै त्यसलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

CG

काठमाडौँ उपत्यकामा नयाँ कार्यक्रम बिकास गर्नुपर्ने, सूचना प्रविधिका साथै युवाहरुलाई जोड दिदै कार्यकर्तालाई आत्मनिर्भर बनाउनुपर्ने लगाएतका सुझाव आएको उनले बताए । उनले पार्टी फुटको तरंग हल भइसकेको भन्दै अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताए । ‘पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा करिब हल भएको छ’, उनले भने,  ‘अध्यक्षले खारेज भइसक्यो भन्नुभएको छ । त्यसमा हाम्रो सहमति छ ।’

सापकोटाले सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय गर्नुपर्ने लगाएतका सुझाव आएको पनि बताए । उनले सबै परामर्शको सुझावका आधारमा केन्द्रीय समितिले नयाँ योजनाका साथ निर्णय गर्ने उल्लेख गरे । 

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई÷दुई दिन परामर्श बस्ने निर्णय हालै बसेको स्थायी समिति बैठकले गरेको थियो । सोहि अनुसार क्रमश उपत्यका विशेष तथा सम्पर्क समन्वय, गण्डकी प्रदेश, सुदुपश्चिम प्रदेश लगाएतको परामर्श बैठक बैठक बस्ने माओवादीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

तामाङले जर्मनीको पीआर लिएकाले उनी उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी दर्ता गर्न खोजिएको थियो । तर उक्त उजुरीमा ठोस प्रमाण नभएका निर्वाचन कार्यालयले दर्ता नगरेको पाइएको छ...
संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय,...
रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर थापाविरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नम्बर २ का...
शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा...