नेभिगेशन
सबै कुरा

नेतृत्वबारे बहस गर्ने बेला नभएको माओवादीको निष्कर्ष

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीको बिचारलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय पेरिसडाडामा बिहीबार सम्पन्न बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श बैठकमा उनीहरुले पार्टीभित्र उन्नतस्तरको बहस सिर्जना गर्दै त्यसलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

Ncell
Extreme Energy

काठमाडौँ उपत्यकामा नयाँ कार्यक्रम बिकास गर्नुपर्ने, सूचना प्रविधिका साथै युवाहरुलाई जोड दिदै कार्यकर्तालाई आत्मनिर्भर बनाउनुपर्ने लगाएतका सुझाव आएको उनले बताए । उनले पार्टी फुटको तरंग हल भइसकेको भन्दै अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताए । ‘पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा करिब हल भएको छ’, उनले भने,  ‘अध्यक्षले खारेज भइसक्यो भन्नुभएको छ । त्यसमा हाम्रो सहमति छ ।’

सापकोटाले सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय गर्नुपर्ने लगाएतका सुझाव आएको पनि बताए । उनले सबै परामर्शको सुझावका आधारमा केन्द्रीय समितिले नयाँ योजनाका साथ निर्णय गर्ने उल्लेख गरे । 

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई÷दुई दिन परामर्श बस्ने निर्णय हालै बसेको स्थायी समिति बैठकले गरेको थियो । सोहि अनुसार क्रमश उपत्यका विशेष तथा सम्पर्क समन्वय, गण्डकी प्रदेश, सुदुपश्चिम प्रदेश लगाएतको परामर्श बैठक बैठक बस्ने माओवादीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।