नेभिगेशन
सबै कुरा

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गरेका छन् । नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार नेपाल आएका विदेशमन्त्री अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भइ सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि ओमनबाट सहयोगको अपेक्षा गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए  ।

Ncell
Extreme Energy

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताए ।

राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा काठमाडौँमा ओमानको राजदूतावास स्थापना गर्नु दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे  । त्यस्तै उहाँंले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्दत मिल्ने धारणा व्यक्त गरे ।

 सो भेटमा ओमनका विदेशमन्त्री अल्बुसइदीले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताएका थिए । 

विदेशमन्त्री अल्बुसइदीले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने नेपालीहरूले ओमानको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्ने समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के  भने ?

ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के भने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडिओ कलमा उनले भने, 'म घाइते भएर भुइँमा लडेको थिएँ, तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ।'
फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिनुभएको थियो ।
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
इमरान खानको पार्टीलाई रोक्न पाकिस्तान सरकारको अर्को कदम

इमरान खानको पार्टीलाई रोक्न पाकिस्तान सरकारको अर्को कदम

पाकिस्तान सरकारले बिग्रँदो सुरक्षा अवस्था र पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले इस्लामाबादमा गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै पिटिआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तमा आपतकाल लगाउने विषयमा गम्भीर छलफल गरिरहेको...