नेभिगेशन
सबै कुरा

पाँचथरमा द्वन्द्वकालीन ग्रिनेड विस्फोट हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु

विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइते दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त्र भण्डारकिाा अनुसार घाइते मध्ये दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विहिबार स्थानीय आइतराज केरुङको घरमा ग्रिनेडजस्तो देखिने वस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए । प्रिन्सा र दिप्सन सहित ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालक घाइते भएका थिए । पवन र एक बालको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । आइतराज केरुङको घरमा अहिले ज्ञानबहादुरको परिवार बस्दै आएको छ ।

Ncell
Extreme Energy

घाइते बालक पवन राईका अनुसार ज्ञानबहादुर राई बस्दै आएको घरमा बालबालिका जम्मा भएर खेल्ने क्रममा बल जस्तो वस्तु भेट्टाएका थिए । सोहि वस्तु फुटाउन उनीहरुले हतौडा प्रयोग गरेका थिए । खेलाउने क्रममा ढुंगाले हान्दा नफुटेपछि दिप्सनले हतौडाले हानेका थिए पवनले भनेका छन्, हतोडाले हान्दा  एक्कासी पड्कीयो ।

प्रहरी स्रोतका अनुसार विस्फोट भएको बम द्वन्द्वकालकै बेलाको भएको आशंका गरिएको छ । पुरानो र खिया लागेको हतियार द्वन्द्वकालमा सकेट प्रयोग गरि बनाईको हतियार जस्तै छ । 

पाँचथरका प्रहरीका अनुसार घटनास्थलमा यस्तै अर्को पनि शंकास्पद वस्तु फेला परेको छ । अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...