नेभिगेशन
सबै कुरा

पाँचथरमा द्वन्द्वकालीन ग्रिनेड विस्फोट हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु

विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइते दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त्र भण्डारकिाा अनुसार घाइते मध्ये दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको छ । 

विहिबार स्थानीय आइतराज केरुङको घरमा ग्रिनेडजस्तो देखिने वस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए । प्रिन्सा र दिप्सन सहित ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालक घाइते भएका थिए । पवन र एक बालको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । आइतराज केरुङको घरमा अहिले ज्ञानबहादुरको परिवार बस्दै आएको छ ।

City Express

घाइते बालक पवन राईका अनुसार ज्ञानबहादुर राई बस्दै आएको घरमा बालबालिका जम्मा भएर खेल्ने क्रममा बल जस्तो वस्तु भेट्टाएका थिए । सोहि वस्तु फुटाउन उनीहरुले हतौडा प्रयोग गरेका थिए । खेलाउने क्रममा ढुंगाले हान्दा नफुटेपछि दिप्सनले हतौडाले हानेका थिए पवनले भनेका छन्, हतोडाले हान्दा  एक्कासी पड्कीयो ।

प्रहरी स्रोतका अनुसार विस्फोट भएको बम द्वन्द्वकालकै बेलाको भएको आशंका गरिएको छ । पुरानो र खिया लागेको हतियार द्वन्द्वकालमा सकेट प्रयोग गरि बनाईको हतियार जस्तै छ । 

पाँचथरका प्रहरीका अनुसार घटनास्थलमा यस्तै अर्को पनि शंकास्पद वस्तु फेला परेको छ । अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै