नेभिगेशन
सबै कुरा

विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी करिब ५ करोड बक्यौता नतिरी फरार

काठमाडौँ ।  काठमाडौँको विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी भाडा नतिरी फरार भएको छ । विशाल बजार कम्पनीका अनुसार भाडामा पार्किङ सञ्चालन गर्ने कम्पनी झण्डै ५ करोड रुपैयाँ भाडा नतिरी सम्पर्क बाहिर छ । 

पार्किङ सञ्चालनका लागि अनुमति पाएको उज्वल निर्माण सेवाले भाडा नतिरेको कम्पनीले जनाएको छ । फर्मका सञ्चालक तेजबहादुर महत हुन् । उक्त फर्मले सम्झौता बराबरको ४ करोड ९२ लाख ६८ हजार ८४० रुपैयाँ भाडा नतिरेको कम्पनीले जनाएको छ । 

City Express

कम्पनीका एक उच्च अधिकारीका अनुसार भाडा नतिरी कम्पनी फरार भएपछि भाडा चुक्ता गर्न आउनका लागि सम्झौताकर्ताका लागि ३५ दिने सूचना जारी गरिएको छ । भाडामा पार्किङ गर्न अनुमति पाएको कम्पनीको ठेगाना हुम्ला सिमीकोट हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै