नेभिगेशन
सबै कुरा

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र छ जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए । 

Ncell
Extreme Energy

सन् २०२३ मा मणिपुरमा मुख्य रूपमा हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबीच द्वन्द्व सुरु भएको थियो । उक्त जातीय द्वन्द्वमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो । 

प्रतिद्वन्द्वी मिलिसियाले युद्धग्रस्त म्यान्माको सीमासँग जोडिएको राज्य मणिपुरका केही भागमा नाकाबन्दी गरेका छन् । 

दुवै समूहबीच लामो समयदेखिको तनाव भूमि र सार्वजनिक जागिरहरूका लागि प्रतिस्पर्धाको वरिपरि घुमेको छ । अधिकार कार्यकर्ताहरूले स्थानीय नेताहरूमाथि राजनीतिक लाभ हासिल गर्नका लागि जातीय विभाजनलाई बढाएको आरोप लगाएका छन् । 

“सामान्यतया ड्रोन बमहरूको प्रयोग सामान्य युद्धमा प्रयोग गरिन्छ तर सुरक्षा बल र सर्वसाधारणविरुद्ध विस्फोटक पदार्थहरू तैनाथ गर्नका लागि ड्रोनको यो हालैको तैनाथीले महत्त्वपूर्ण वृद्धिको सङ्केत गर्दछ”, मणिपुर प्रहरीले आइतबार विज्ञप्तिमा भनेको छ । 

राज्यको राजधानी इम्फालबाहिरको आक्रमण ‘कथित कुकी’ विद्रोहीहरूले गरेको विज्ञप्तिमा उल्लेख छ । 

घाइते हुनेमा मृत्यु हुने महिलाकी आठ वर्षीया छोरीका साथै तीन सर्वसाधारण र दुई प्रहरी अधिकारी रहेका छन् । 

“सम्भवतः प्राविधिक विशेषज्ञता र सहयोगका साथ उच्च प्रशिक्षित पेशेवरहरूको सहभागितालाई अस्वीकार गर्न सकिँदैन”, प्रहरीले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के  भने ?

ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के भने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडिओ कलमा उनले भने, 'म घाइते भएर भुइँमा लडेको थिएँ, तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ।'
फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिनुभएको थियो ।
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
इमरान खानको पार्टीलाई रोक्न पाकिस्तान सरकारको अर्को कदम

इमरान खानको पार्टीलाई रोक्न पाकिस्तान सरकारको अर्को कदम

पाकिस्तान सरकारले बिग्रँदो सुरक्षा अवस्था र पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले इस्लामाबादमा गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै पिटिआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तमा आपतकाल लगाउने विषयमा गम्भीर छलफल गरिरहेको...