नेभिगेशन
सबै कुरा

कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन्  । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”

महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा उनले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए। “दुई÷तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले भने, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।” पत्रकार सम्मेलनमा उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेको जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे। “दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ”, उनले भने, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।” 

गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।  “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ”, उनले भने । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...