नेभिगेशन
सबै कुरा

सत्तारुढ दलका नेताहरुनै जनयुद्धको अवमूल्यन गर्न लागि परे, भण्डाफोर गर्छौँ : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका दलका नेताहरुले जनयुद्धको अवमूल्यन गर्न खोजेकाले भण्डाफोर गर्नुपर्ने बताएका छन् । 

बिहीबार माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २० औं स्मृति दिवसमा प्रचण्डले जनयुद्ध वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको अवस्थामा सरकारमा रहेका दलका नेताहरुले हिंसा गर्ने दुष्साहस गरेको भन्दै जनतामा गएर भण्डाफोर गर्नुपर्ने बताएका हुन् । 

सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उनले बताए । प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले अब जनताको राउण्ड किक उनीहरुले देख्ने जिकिर गरे । जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले बताएका छन् । शान्ति प्रक्रिया नटुंगिएको भनेर अदालतबाट जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस बनाउनबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र र अदालतले पनि पुनर्विचार गर्ने विश्वास व्यक्त गरे ।

आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उनले सरकारबाट बाहिरिएसँगै संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताए । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...