नेभिगेशन
सबै कुरा

थोक बजार भवनको अवस्था बुझ्न चोभारमा कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्देशन दिएका छन् । विसं २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी सुरु भएको बहुतले भवनको काम हालसम्म पनि पूरा नभएपछि मन्त्री अधिकारीले आज निरीक्षणपश्चात यस्तो निर्देशन दिएका हुन् ।

भवन निर्माणका लागि ११औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा तेइस अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले सम्झौताअनुसार काम नसकिए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिए । “पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्छ । यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार छ ।  चोभारको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने छन् । त्यसैले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई मेरो आग्रह छ”, मन्त्री अधिकारीले भने । 

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब रु ३५ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम नभएपछि २०८० चैत १३ यही भदौ मसान्तभित्र काम सम्पन्न गर्नेगरी ११औँ पटक म्याद थप भएको थियो ।

थपिएको समयमा काम पूरा नहुँदा लागत बढेर रु ४० करोड बढी पुगेको छ । लागत बढ्दै जाने तर सम्झौताअनुसार काम नभएपछि कृषिमन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, निर्माण कम्पनी र परामर्शदातासहित निर्माणस्थल पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...