नेभिगेशन
सबै कुरा

बालेनको पोस्टले ‘कम्युनिटि गाइडलाइन्स’ उल्लङ्घन नगरेको पुष्टि, फेसबुकले फिर्ता गर्यो बालेनको हटाएको पोस्ट

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहको हटेको पोस्ट फिर्ता भएको छ । फेसबुकले आफ्नो नियम उल्लङ्घन गरेको भन्दै हटाएको मेयर शाहको पोस्ट पुनः फिर्ता गरिदिएको हो । 

गत आइतबार मेयर शाहले आफ्नो फेसबुक पेजमा नेकपा एमालेबाट लुम्बिनी प्रदेश सांसद रहेकी रेखा कुमारी शर्माले विगत ८ वर्षदेखि घरमा एक बालिकालाई श्रम श्रोषण गरेको र आफूहरुले ति बालिकालाई उद्दार गरेपनि सरकारले सांसद शर्मालाई कारबाही नगरेको भन्दै पोस्ट गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका निकायले नै सांसद शर्मालाई जोगाएर राखेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्ट व्यक्त गरेका थिए । 

सांसद शर्माको फोटोसहित राखिएको उक्त पोस्ट फेसबुकले ‘कम्युनिटि गाइडलाइन्स’ उल्लङ्घन गरेको भन्दै हटाइदिएको थियो भने बालेन शाहले उक्त पोस्टले कुनै नियम उल्लङ्घन नगरेको भन्दै ‘रिभ्यू’ गर्न अनुरोध गरेका थिए । बालेनको अनुरोधपश्चात फेसबुकले आफ्नो गल्तीका कारण पोस्ट हटेको भन्दै माफीसहित पोस्ट फिर्ता गरिदिएको छ । 

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले ओलीलाई सोधे– कहिले समाउने ? कि नसमाउने ?’

बालेनले उच्च अदालतको आदेश देखाउँदै ओलीलाई भनेःकार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू !


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...