नेभिगेशन
सबै कुरा

बालेनको पोस्टले ‘कम्युनिटि गाइडलाइन्स’ उल्लङ्घन नगरेको पुष्टि, फेसबुकले फिर्ता गर्यो बालेनको हटाएको पोस्ट

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहको हटेको पोस्ट फिर्ता भएको छ । फेसबुकले आफ्नो नियम उल्लङ्घन गरेको भन्दै हटाएको मेयर शाहको पोस्ट पुनः फिर्ता गरिदिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत आइतबार मेयर शाहले आफ्नो फेसबुक पेजमा नेकपा एमालेबाट लुम्बिनी प्रदेश सांसद रहेकी रेखा कुमारी शर्माले विगत ८ वर्षदेखि घरमा एक बालिकालाई श्रम श्रोषण गरेको र आफूहरुले ति बालिकालाई उद्दार गरेपनि सरकारले सांसद शर्मालाई कारबाही नगरेको भन्दै पोस्ट गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका निकायले नै सांसद शर्मालाई जोगाएर राखेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्ट व्यक्त गरेका थिए । 

Ncell
Extreme Energy

सांसद शर्माको फोटोसहित राखिएको उक्त पोस्ट फेसबुकले ‘कम्युनिटि गाइडलाइन्स’ उल्लङ्घन गरेको भन्दै हटाइदिएको थियो भने बालेन शाहले उक्त पोस्टले कुनै नियम उल्लङ्घन नगरेको भन्दै ‘रिभ्यू’ गर्न अनुरोध गरेका थिए । बालेनको अनुरोधपश्चात फेसबुकले आफ्नो गल्तीका कारण पोस्ट हटेको भन्दै माफीसहित पोस्ट फिर्ता गरिदिएको छ । 

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले ओलीलाई सोधे– कहिले समाउने ? कि नसमाउने ?’

बालेनले उच्च अदालतको आदेश देखाउँदै ओलीलाई भनेःकार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू !


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।