नेभिगेशन
सबै कुरा

बाबुराम भट्टराईले भेटे प्रधानमन्त्री ओली : शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ध्यानाकर्षण

काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कामहरु छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गर्दै भट्टराईले द्वन्द्वकालीन घटनाहरूको सत्य अन्वेषण गरी न्याय स्थापित गर्दै संक्रमणकालीन न्यायसंग सम्बन्धीत कामहरु छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ध्यानाकर्षण गराएका हुन् । राजनीतिक परिवर्तनका उपलब्धीहरूको रक्षा गर्दै समाजमा मेलमिलापको माध्यमबाट दिगो शान्ति स्थापना हुनुपर्नेमा आफुहरुको जोड रहेको भट्टराईले बताए । उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता परिएका व्यक्तिहरूको छानविन आयोगमा सशस्त्र द्वन्द्वबाट पीडित परिवारको प्रतिनिधित्व गराउने व्यवस्था गरिनुपर्ने र यसको नेतृत्व राजनीतिक आस्थाका आधारमा नभइ राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा बिज्ञता हासिल गरेकालाई नेतृत्व दिनुपर्ने उल्लेख गरे ।

City Express

द्वन्द्वकालीन घटनासँग सम्बन्धित नियमित अदालतमा रहेका सम्पूर्ण मुद्दाहरूलाई संक्रमणकालीन न्याय प्रणालीको क्षेत्राधिकारमा ल्याएर छिटोभन्दा छिटो टुङ्ग्याउन आवश्यक पहलकदमी लिनुपर्नेमा आफुहरुको जोड रहेको उनले बताए ।

बेपत्ता पारिएका नागरिकहरूको अवस्था बारेमा सत्यतथ्य पत्ता लगाई उनीहरूको यथार्थ विवरण परिवारहरूलाई यथाशीघ्र जानकारी गराई गराउनुपर्ने,  केन्द्र, प्रदेश र स्थानीय तहमा दिइने सबै सावर्जनिक पद, सेवा–सुविधा र कर्मचारी नियुक्ति गर्दा घाइते, अपाङ्ग, सहिद तथा बेपत्ता पारिएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने लगाएतका माग भट्टराईको छ । मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीबाट सकारात्मक जवाफ आएको भट्टराईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।