नेभिगेशन
सबै कुरा

बाबुराम भट्टराईले भेटे प्रधानमन्त्री ओली : शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ध्यानाकर्षण

काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कामहरु छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गर्दै भट्टराईले द्वन्द्वकालीन घटनाहरूको सत्य अन्वेषण गरी न्याय स्थापित गर्दै संक्रमणकालीन न्यायसंग सम्बन्धीत कामहरु छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ध्यानाकर्षण गराएका हुन् । राजनीतिक परिवर्तनका उपलब्धीहरूको रक्षा गर्दै समाजमा मेलमिलापको माध्यमबाट दिगो शान्ति स्थापना हुनुपर्नेमा आफुहरुको जोड रहेको भट्टराईले बताए । उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता परिएका व्यक्तिहरूको छानविन आयोगमा सशस्त्र द्वन्द्वबाट पीडित परिवारको प्रतिनिधित्व गराउने व्यवस्था गरिनुपर्ने र यसको नेतृत्व राजनीतिक आस्थाका आधारमा नभइ राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा बिज्ञता हासिल गरेकालाई नेतृत्व दिनुपर्ने उल्लेख गरे ।

Ncell
Extreme Energy

द्वन्द्वकालीन घटनासँग सम्बन्धित नियमित अदालतमा रहेका सम्पूर्ण मुद्दाहरूलाई संक्रमणकालीन न्याय प्रणालीको क्षेत्राधिकारमा ल्याएर छिटोभन्दा छिटो टुङ्ग्याउन आवश्यक पहलकदमी लिनुपर्नेमा आफुहरुको जोड रहेको उनले बताए ।

बेपत्ता पारिएका नागरिकहरूको अवस्था बारेमा सत्यतथ्य पत्ता लगाई उनीहरूको यथार्थ विवरण परिवारहरूलाई यथाशीघ्र जानकारी गराई गराउनुपर्ने,  केन्द्र, प्रदेश र स्थानीय तहमा दिइने सबै सावर्जनिक पद, सेवा–सुविधा र कर्मचारी नियुक्ति गर्दा घाइते, अपाङ्ग, सहिद तथा बेपत्ता पारिएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने लगाएतका माग भट्टराईको छ । मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीबाट सकारात्मक जवाफ आएको भट्टराईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।