नेभिगेशन
सबै कुरा

रास्वपाको राष्ट्रिय भेलाः आज साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गरेका थिए । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गरे । उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्नुहुँदै पार्टी नेता कार्यकर्तालाई पनि  जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे। “हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ । यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौँ । रास्वपा जित्न र हार्नका लागि नभइ परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो अरुले लडाउन सक्ने छैन”, सभापति लामिछानेको भनाइ थियो । 

Ncell
Extreme Energy

उनले इलाममा सङ्गठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्वीकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे। 

सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका सम्बन्धमा सभापति लामिछानेले आफूलाई लाञ्छाम लाउनेहरूले प्रमाण दिन नसकेको जिकिर गरे । उनले भने, “हिजो मात्रै प्रतिवेदन संसदमा पेश भएको छ । थाहा भयो प्रमाण भनेको कस्तो हुन्छ भन्ने कुरा, अब सहकारीको कुरा त सकियो । विषय सहकारीबाट गोखा मिडियातिर जान्छ ।” 

उनले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाए । 

राष्ट्रिय भेलाको पहिलो दिन आज कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस तथा छलफल र भोलि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ । 

भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । 

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ । 

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।