नेभिगेशन
सबै कुरा

मलाई पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा काँग्रेस आफैँ खस्यो, एमाले आफैँ फस्यो : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारी ठग भनेर प्रमाणित गर्न र खाडलमा पुर्न ठूला भनिएका राजनीतिक दलले गरेको षड्यन्त्रमा उनीहरु आफुैँ फसेको बताएका छन् । बुधबार पार्टीको प्रथम राष्ट्रिय भेलामा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै सभापति लामिछानेले आफूलाई फसाउन कांग्रेस र एमालेले खनेको खाल्डोमा उनीहरु आफैँ फसेको बताएका हुन् । 

‘राज्यका सारा संरचना लगाएर मलाई पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा काँग्रेस आफैं खस्यो, एमाले आफैँ फस्यो’, सभापति लामिछानेले भने । 

Global Ime Bank

त्यस्तै उनले पार्टीको तह तहमा बसेर सहकारी ठगी गर्ने राजनीतिक दलका नेतालाई पार्टीभित्र कस्तो प्रशिक्षण दिइन्छ भन्दै प्रश्न गरेका छन् । ‘पार्टीको तह–तहमा बसी सहकारी ठगी गर्ने, प्रमाण नै प्रमाण भएका, विदेश भागेका, देशमा लुकेर अनुसन्धान प्रभावित पारेका, पार्टीको झण्डाले लाज छोपेकादेखि जेल छिरेका वास्तविक सहकारी ठगहरुलाई पार्टीभित्रै पालेर अरुलाई ठग भन्दै औँलो ठड्याउन सक्ने तहको प्रशिक्षण कसरी दिइन्छ, बुझिन मैले बुझाइदेउ कसैले ।’, लामिछाने व्यंग्य प्रहार गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई कृषि समितिको निर्देशन

विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई कृषि समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाढीपहिरो डुबानलगायत मौसमजन्य उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध छ: पर्यटनमन्त्री

बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री पाण्डेले सम्पूर्ण मातृभाषाहरू...
लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक

लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक बर्षभित्र लागू औषध नियन्त्रण बिभाग स्थापना गर्ने बताएका छन् ।
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी

संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन् ।