नेभिगेशन
सबै कुरा

५ वर्षमा २ अर्ब विदेशी मुद्रा भित्र्याएको ट्राइकोट उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मानित

काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठुलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ। बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठुलो कम्पनी हो। यस कम्पनीले ‘वुलन र कटन’को धागोबाट निर्माण हुने पश्मिना स्वेटर, सल, टोपी, मोजा जस्ता पुरुष तथा महिला दुवैका लागि कपडा बनाएर निर्यात गर्दै आएको छ। 

Ncell
Extreme Energy

करिब २५ वर्षअघि चीन, भारत र नेपालकै व्यवसायीसंगको सामुहिक लगानीमा खुलेपनि २०६२ सालदेखि गोल्यान ग्रुपको एकल स्वामित्वमा संचालनमा आएको यस कम्पनीले युरोपमा सबैभन्दा बढी आफ्ना उत्पादन निर्यात गर्दै आएको छ भने अमेरिका र भारतमा पनि निर्यात गर्दै आएको छ।

पछिल्लो पांच वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात गरेर नेपालको विदेशी मुद्रा संचितिमा ठुलो योगदान पुर्याउदै आएको छ भने नेपाली बजारमा करिब १७ करोड रुपैयाँ बराबरको कपडा विक्री गरेर उच्च गुणस्तरको बुनाई कपडाको माग पुरा गरेको छ। 

आफ्ना उत्पादनहरु विश्वमा नाम चलेका कुजतेन, फिंच ह्याटेंन, माला अलिशा, मिन्निरोज, रेमोण्ड जस्ता विश्वका चर्चित ब्राण्डहरुलाई विक्री गर्दै आएको ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानले बताए। ‘हामीले अहिले विश्वका नाम चलेका चर्चित ब्राण्डका कम्पनीहरुलाई आफ्ना उत्पादनहरु निर्यात गर्दै आएका छौँ’ उनले भने, ‘इस्कच र बोसलिना ब्राण्डका कपडाहरु निर्यात गर्दै आएपनि यसको औपचारिक घोषणा गरेका छैनौं।’

बिराटनगरमा उद्योग रहेको ट्राइकोटमा हाल ३५० बढी कर्मचारीले प्रत्यक्ष रुपमा काम गर्छन। जसमा ७० प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...
हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...