नेभिगेशन
सबै कुरा

‘झ्याप्ले खोलाको पहिरोले सँगैको गाडी पुर्यो, हामी भाग्यले बाच्यौँ’

काठमाडौँ । शुक्रबार राति करिब ९ बजे धादिङको गल्छीमा रोकिएको थियो, बा १ क ६३७७ नम्बरको मालवाहक ट्रक । खाजा खानका लागि त्यहाँ रोकिएको उक्त ट्रक नवलपरासीबाट काठमाडौँका लागि आइरहेको थियो । सो ट्रकलाई काठमाडौँको पेप्सीकोला गन्तव्य बनाएर अघि बढाइरहेका थिए, उपेन्द्र हर्जन र राजेन्द्र नेपाल ।


बिहिबारदेखि देशभरि अविरल वर्षा भएको थियो । देशका विभिन्न क्षेत्रमा बाढी पहिरोको घटना घटिरहेका भए पनि नागढुङ्गा नौबिसे सडकखण्ड बन्द थिएन । गल्छीसम्म आइपुग्दा राजमार्गको अवस्था सामान्य भएको जानकारी पाएपछि जतिसक्दो छिटो काठमाडौँ पुगेर खाना खाने निधो गरेर रोकिएको ट्रकलाई गति दिए उनीहरूले । 


पानी पर्नेबित्तिकै भर नहुने सो राजमार्ग छिचोल्नका लागि उनीहरूले सामान्य दिनभन्दा ट्रकलाई द्रुत गतिमा हुँइकाइरहेका थिए । अपसोच नागढुङ्गाको सुरुङमार्ग कटेर केही अघि बढेपछि सडकमा पहिरो खसेर बाटो बन्द भयो । 

उनीहरु त्यहाँ पुग्दा रातको करिब ११ बजेको थियो । उनीहरूको ट्रकभन्दा अगाडि करिब १० ठूला साना गाडीको लाम लागिसकेको थियो । रातको समय, पानी परिरहेका कारण बाटो खुल्ने छाँटकाँट नदेखिएपछि उनीहरूले ट्रकमै खाना खाएर सुते ।

वर्षा झन्झन् बढिरहेको थियो । थकित शरीर लिएर त्यहाँ पुगेका उनीहरु ट्रकभित्रै निदाए । रातको तीन बजे एक्कासि ठूलो आवाज आयो, भुईँ हल्लियो । राजेन्द्रले सिधाकुरासँग भने, ‘खाना खाएर मस्त निद्रामा थियौँ । बम पड्किएजस्तो ठूलो आवाज आयो, भुइँचालोले हल्लाएजस्तो गाडी नै हल्लायो । बाहिर चिच्याएको सुन्यौँ ।’


निद्राबाट उठेर बाहिर हेर्दा उनीहरूको गाडीभन्दा अगाडिका २ यात्रुवाहक बस सडक छोडेर डिलतर्फ मोडिएका थिए । ति गाडीको आदि भाग लेदोले पुरिएको थियो । त्यो देख्नासाथ उनीहरु अत्तालिएर हाम्फाले र मुसलधारे झरीमै भागे । ‘क्यूमा बसेको बेला ३ बजे राति पहिरो गएछ । सँगैका गाडी पहिरोले पुरेछ, पानी परिरहेको थियो, ज्यान जोगाउन पानीमा रुझ्दै भाग्यौँ ।’, उपेन्द्र हर्जनले त्यो क्षण सम्झिए । 

उनीहरु भाग्दै गर्दा आदि पुरिएका उनीहरुभन्दा अगाडिका गाडीबाट यात्रुहरू चिच्याउँदै, रुँदै निस्किरहेका थिए । उनीहरु घटना भएको स्थानतर्फ नभई सुरुङ भएको दिशातर्फ भागे । ‘अगाडिका २ गाडीबाट भागाभाग भएको थियो । कति त त्यहिँ च्यापिए भन्ने सुनेका थियौँ । सँगै भएका हामीलाई केही भएन’, एकै स्वरमा उनीहरु भन्छन्, ‘हामी भाग्यले बाच्यौँ ।’

घटना भएको केही समयमै होहल्ला भयो, भागाभाग मच्चियो । पानी अविरल परिरहेको थियो । मानिसहरु लथ्रक्कै भिजेका थिए । त्यस समयसम्म करिब १ किलोमिटरसम्म गाढीको लस्कर लागिसकेको थियो । कति गाढी पुरिए कसैलाई पत्तो थिएन । उनीहरु केही समयपछि पुनः ट्रकमै आएर अनिदो बसे । ‘पानीले भिजाएको भिजायै थियो । ओत लाग्नै कतै ठाउँ थिएन ।’, उपेन्द्र भन्छन्, ‘भिजेपछि बिरामी परियो भने समस्या हुन्छ भनेर केही समयपछि फेरि ट्रकमै आएर बस्यौँ ।’


पहिरो गएको २ दिन हुन लागिसक्यो, उनीहरु त्रासमा ट्रकमै बसिरहेका छन् । आइतबार बिहानसम्म त लिएर आएको खानेकुरा जसोतसो खाइरहेको तर बिहानदेखि सबै सकिएको उनीहरु बताउँछन् । ‘२ दिनसम्म त लिएर आएको चामलले खाना पकाएर खाइरहेका थियौँ । आजबाट त त्यही पनि सकियो ।’, मलिन स्वरमा राजेन्द्रले भने, ‘बिहानदेखि त केही खाएका छैनौँ ।

झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएर  ३५ जनाको मृत्यु भएको छ । सडकमाथिबाट झरेको पहिरोले सडकमा रहेका यात्रुबाहक सवारी पुरिएको थियो । शनिबार १४ वटा शव निकालिएको थियो । उक्त शव बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ४५७८ नम्बरको वींगर गाडीका यात्रुको थियो । 

त्यस्तै आज नारायणघाटबाट काठमाडौँ आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ । सोही पहिरोमा पुरिएको गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । उक्त पहिरोमा परि मृत्यु हुनेमा २५ पुरुष छन् भने १० महिला रहेका छन् । पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फर्किएकी विद्या, तर्सिएका ओली !

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीसँग अब न सपना देखाउने सामर्थ्य छ। न उनले देखाएको सपना नागरिक पत्याउँछन्। आफूले देखाएको पूरानै सपनाको बोझले ओली नराम्ररी थलिएका छन्। गलितम् देखिन्छ उनको अनुहार। त्यसैले २०७२...
नेपाल–चीन कतै परेको छैन पानी, कहाँबाट आयो रसुवागढीमा बाढी ?

नेपाल–चीन कतै परेको छैन पानी, कहाँबाट आयो रसुवागढीमा बाढी ?

“रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
बेइमानहरु ! कानुन मै किर्ते ?

बेइमानहरु ! कानुन मै किर्ते ?

बेइमानहरु ! कानुन मै किर्ते ? || Cooling Period: Parliament Betrayal Exposed

भर्खरै