नेभिगेशन
सबै कुरा
पशुपति जलहरी प्रकरण :

पशुपति जलहरी प्रकरण : तीनजनाले १४ सय ९१ ग्राम सुन हिनामिना गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा दर्ता

 १४ असाेज, काठमाडाैँ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदिप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्य सचिव डा. मिलन कुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको हो। 

Ncell
Extreme Energy

त्यस्तै अख्तियारले विकास कोषमा कार्यरत स्टोर किपर अरुण कुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो। उनले जलहरीका लागि प्रयोग गरेको सुन हिनामिना गरेको अख्तियारको आरोप छ ।

उनीहरूमाथि एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप छ। उनीहरूले एक किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम सुन हिनामिना गरेको आरोप छ । 

जलहरी हिनामिनामा ढकाल र डा. थापाको प्रत्यक्ष भूमिका रहेको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...