नेभिगेशन
सबै कुरा

बाढी पहिरोकाे अपडेट, पार्टीले निभाएको भुमिका र आवश्यकताबारे छलफल गर्न रास्वपा सभापति लामिछानेकाे भेटघाट कार्यक्रम

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय देशभर गएको बाढी पहिरो, त्यसले गरेको धनजनको क्षति र सो समयमा पार्टीले निभाएको भुमिकाबारे छलफल गर्न सार्वजनिक कार्यक्रम गर्ने भएको छ । पार्टीका सभापति रवि लामिछानेले प्राकृतिक प्रकोपले देश नै आक्रान्त रहेको अवस्थामा पार्टीपंक्तिले गरेको सहयोग, गर्नुपर्ने उद्धारकार्यहरु र राहत वितरणबारे छलफल गर्न दिउँसो २ बजेका लागि सार्वजनिक भेटघाट कार्यक्रम गर्ने भएका हुन् । 

पार्टीले सभापति लामिछानेले आगामी दिनमा के गर्न सकिन्छ भन्नेबारे छलफल गर्नका लागि पनि केन्द्रीय कार्यालय वनस्थलीमा सार्वजनिक भेटघाट कार्यक्रम गर्ने तयारी गरेको बताएको छ । त्यस्तै पार्टीले सो सार्वजनिक कार्यक्रममा उपस्थित हुन सबैलाई अनुरोध गरेको छ । 

सरकारले गत बिहिबारदेखि परेको अविरल वर्षापछिको  बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको बताएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...