नेभिगेशन
सबै कुरा

सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्नेमा सभामुख घिमिरेकाे विश्वास

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् । 

बुधबार सिंहदरबारमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको काममा योगदान दिएकाहरुलाई सम्मान पत्र प्रदान गर्दै सभामुख घिमिरेले सरकारले प्रतिवेदन चाँडै कार्यान्वयन गर्ने र सहकारी क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

कुनै व्यक्ति विशेष वा घटनमाथिमात्रै केन्द्रीत नभइ समग्र सहकारी क्षेत्रको समस्या उजार गर्न समितिले सफलतापूर्वक काम गरेको उनले बताए । समितिले तीन महिना १५ दिनमा काम गरेर ऐतिहासिक महत्व राख्ने प्रतिवेदन तयार गरेकाले सम्मान गरिएको उनले बताए ।

त्यस्तै छानविन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रमा देखिएको समग्र समस्यालाई प्रतिवेदनमार्फत उजागर गरिएको बताए । उनले प्रतिवेदन नपढिकनै विभिन्न टिका टिप्पणी हुने गरेकाले एकपटक पढेर धारणा बनाउन सुझाव दिए । प्रतिवेदनमार्फत जवाफदेहिताको माग गरिएको थापाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...