नेभिगेशन
सबै कुरा

सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्नेमा सभामुख घिमिरेकाे विश्वास

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिंहदरबारमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको काममा योगदान दिएकाहरुलाई सम्मान पत्र प्रदान गर्दै सभामुख घिमिरेले सरकारले प्रतिवेदन चाँडै कार्यान्वयन गर्ने र सहकारी क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

Ncell
Extreme Energy

कुनै व्यक्ति विशेष वा घटनमाथिमात्रै केन्द्रीत नभइ समग्र सहकारी क्षेत्रको समस्या उजार गर्न समितिले सफलतापूर्वक काम गरेको उनले बताए । समितिले तीन महिना १५ दिनमा काम गरेर ऐतिहासिक महत्व राख्ने प्रतिवेदन तयार गरेकाले सम्मान गरिएको उनले बताए ।

त्यस्तै छानविन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रमा देखिएको समग्र समस्यालाई प्रतिवेदनमार्फत उजागर गरिएको बताए । उनले प्रतिवेदन नपढिकनै विभिन्न टिका टिप्पणी हुने गरेकाले एकपटक पढेर धारणा बनाउन सुझाव दिए । प्रतिवेदनमार्फत जवाफदेहिताको माग गरिएको थापाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।