नेभिगेशन
सबै कुरा

शरद ऋतुको हावामा उड्न थाले चङ्गा (तस्विरहरु)

काठमाडौँ । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दशैं पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरुलाई त झनै दसैंको महत्व धेरै हुन्छ । दसैं आएपछि साना केटाकेटीहरु धेरै खुसी हुन्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन  छैन । यो  प्रचलनबारे खोतल्दै जाँदा धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ । दसैंमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दसैं आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ । चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दसैंताका झरि पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैत बैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।

Ncell
Extreme Energy

त्यस्तै दसैंमा स्कूल कलेजहरु धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरुलाई पढाई लेखाईको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाँउदा उनीहरुको खुसीको सीमा नै हुँदैन । दसैंको आगमनसँगै कागेश्वरी मनोहराको कृष्ण मन्दिर क्षेत्रमा चङ्गा उडाउँदै स्थानीय युवा र केटाकेटीहरू ।







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।