नेभिगेशन
सबै कुरा

सरकारले अपराधीको कैद मिनाहा गर्दै हिँड्ने हो भने कानुन किन चाहियो ? : ओली

१६ असाेज, काठमाडाैँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदको दुरुपयोग गर्दैै अपराधीहरुको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले आफूहरुले एसिड आक्रमणमा उत्रिनेहरुलाई कारबाही गर्नका लागि कडा कानून ल्याए पनि त्यस कानुनको धज्जी उडाउँदै सरकारले एसिड आक्रमण गर्नेलाई माफि दिएको बताए । 

Marvel

‘खासगरी हाम्रा छोरीहरुको सुरक्षाका लागि एसिड आक्रमणका विरुद्ध मैले संसद नभएका बेला अध्यादेशबाट कानुन ल्याउनुपर्यो । त्यसको सुरक्षाका  लागि कडा कारबाहीको प्रावधान गरियो । तर त्यो कडा कारवाही आज ४ वर्ष नभईकन मुस्कान खातुनमाथि आक्रमण गर्नेलाई उनको घाउ निको नहुँदै, अस्पतालमा उपचार भइरहँदा सरकारले छोडिसक्यो ।’ उनले भने, ‘अहिले उनी रोएर हिँडेकी छिन् । सरकारले उनको उपचार गर्न सकेको छैन । पीडितलाई उपचार गर्न नसक्ने, उनलाई अन्य व्यवस्था गर्न नसक्ने तर हिंसा र त्यसता घटनालाई प्रोत्साहित गर्नेगरि माफी दिइयो । ’

आक्रमणकारीलाई कारबाही गर्न आफूहरुले बनाएको कानूनकाे सरकारले महत्व नबुझेको बताएका छन् । 

उनले न्यायको सरकारले धज्जी उडाएको भन्दै सरकारलाई नै प्रश्न गरेका छन् । ‘यस देशमा कुनै न्याय हुँदैन ? न्याय भनेको की यहि हो ? अपराधीका लागि यति कारबाही भनेर कानुनमा किन तोक्नुपर्यो यदि सरकार आफैँले एउटा नियम बनाउँछ भने ?’ उनले भने । 

त्यस्तै उनले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी मिनाहा गरेको भन्दै आपत्ति जनाए ।

‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, उनले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’

त्यसो त आफ्नो श्रीमानको हत्यारालाई राष्ट्रपतिले आमामाफी दिएपछि न्यायको खोजीमा नेपालगञ्जकी भारती मानन्धर यतिबेला काठमाडौँमा छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !

होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !

कुनै व्यक्तिले आफू प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्छ भन्दैमा न्यायाधीशले उसलाई भेट्नुपर्ने बाध्यता रहन्छ? प्रधानमन्त्रीको प्रतिनिधि भएको दाबी गर्दैमा पत्याइहाल्नुपर्छ त? त्यसको विश्वसनीयता बुझ्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीको प्रतिनिधि...
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी सुधार गरिँदै

सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी सुधार गरिँदै

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाउनुभएका प्रश्नको आज सदनमा जवाफ दिदै सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम...

भर्खरै