नेभिगेशन
सबै कुरा

अपडेट: अपहरणमा परेकी महिलाको सकुशल उद्धार

काठमाडौँ । काठमाडौँका चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको सकुशल उद्धार भएको छ । प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले ति महिलालाई एक घरबाट उद्धार गरेको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उद्धारमा खटिएका प्रहरी अधिकारीका अनुसार उनको नाम सिर्जना खत्री हो । उनको स्थायी ठेगाना सर्लाही भएपनि कोटेश्वरमा बस्दै आएकी थिइन् ।

लेनदेन विवादमा एक समुहले उनलाई अपहरण गरेर चाल्नाखेल पुर्याएको थियो । यस अघि पनि उक्त समुहले खत्रीलाई पटक पटक बन्धक बनाएर धम्काउने गरेको पीडितले बताएकी छिन् । बन्धक बनाएर उनलाई १६ लाख रुपैयाँ मागिएको थियो ।

CG

प्रहरीका अनुसार अपहरणमा संलग्न एक महिला पक्राउ परेकी छिन् । महिलालाई अपहरण गरि ति महिलाको घरमा बन्धक बनाइएको थियो । मुख्य व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको जनाईएको छ । 

अपडेट: गर्भवती छिन् बन्धक बनाइएकी महिला

काठमाडौँमै अपहरणमा परिन् एक महिला

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार...
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
अवैध कफीको दाना सहित सीमा क्षेत्रबाट ट्याक्टर बरामद

अवैध कफीको दाना सहित सीमा क्षेत्रबाट ट्याक्टर बरामद

मंगलबार बिहान ४ः३० बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ गणेशपुर स्थित दशगजा क्षेत्रबाट कफिको दाना सहितको ट्याक्टर बरामद गरिएको हो । भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ...
ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

सप्तकोशी नगरपालिका ७ का अध्यक्ष  जितन चौधरीले ओद्राह भन्ने गाउँमा सो घटना भएको आफूले थाहा पाएको सिधाकुरालाई बताए । उनकाअनुसार बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरिएको घर परिवार नगरपालिकाकी उपमेयर...