नेभिगेशन
सबै कुरा

‘...जब म अपहरणमा परे बचाई दिनुस् भन्दै फोन आयो’(अडियो रेर्कड सहित )

अपरान्ह  साढे ३ बजे सिधाकुराका सुरक्षा सम्वाददाता उत्तम प्याकुरेललाई एउटा अपरिचित नम्बरबाट फोन आयो । फोन गने व्यक्ति महिला थिइन् । उनले ‘आफू अपहरणमा परेर एक घरमा बन्धक बनाइएको र अहिल्यै उद्धार नभए राति दक्षिणकाली लैजाने भनेका छन्’ भनिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सिधाकुरामा उनको फोन रेकर्ड गरियो र घटना विवरण सोधियो । फोनमा ति महिलालले बताएअनुसार उनको नाम सृजना खत्री हो । उनी अहिले काठमाडौँको कोटेश्वरमा बस्छिन् । वैदेशिक राेजगारीको एक लेनदेन विवाद पछि एक समूहले उनलाई उठाएर दक्षिणकाली नगरपालिकास्थि चन्नाखेल पुर्याएको उनले बताईन् । 

Ncell
Extreme Energy

‘म अहिले त्यो समूहको मानिसको महिला साथीको घरमा बन्धक छु ।  मलाई उद्धार गरिदिनुस् ’ उनले सिधाकुरासँग भनिन् ।यस अघि पनि आफ्रलाई तीनदिनसम्म होटलमा राखेर बन्धक बनाएको बताइन् ।

त्यसपछि हामीले उनको सम्पर्क नम्बर र उनले बताएको ठेगाना उपत्यका अपराध अनुसन्धान महाशाखा टेकुलाई पठायौँ । टेकुबाट प्रहरीको सिभिलसहितको विशेष टोली तत्कालै चन्नाखेलतर्फ परिचालन भयो । उक्त टोली सूचना आएको एक घण्टामै ति महिला रहेको घरमा पुग्यो । प्रहरीसँग समन्वय गरिरहेकी ति महिलाले दिएको लोकेशन पछ्याउँदै पुगेको प्रहरीसँग महिलाको भेट भयो । 

अहिले ति महिलाको सकुशल उद्धार भएको छ ।  बन्धक बनाइएकी महिला गर्भवती छिन् ।उनको स्वास्थ्य अवस्था पनि ठिक रहेको अपराध अनुसन्धान कार्यलयका अधिकारीहरुले बताएका छन् । अहिले घरमा बन्धक बनाएर राख्ने मध्येकी एक महिला पक्राउ परेकी छिन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । यो प्रकणमा को को संलग्न छन्  र उनीहरुको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्धक बनाइएकी महिला गर्भवती छिन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...